सोनकलि थारु
असार ५ सुनवल ।
सुनवल नगरपलिका क्षेत्र भित्र रहेका जेष्ठ नागरिक, एकल माहिला,लोपोन्मुख आदिबासी,पुर्ण असक्त आपङग,५ बर्षमुनिमा दालित बालबलिकाहरुको तेस्रो चौमासिक अन्तगर्तको भत्ताबृत्ति रकम र ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुका लागि औषधि उपचार खर्च रकम राष्टिय बाणिज्य बैक शाखा कार्यालय सुनवलबाट बितरण भैरहेको छ ।जस अन्र्तगत हिजो वार्ड नं ७ र ८ को ४८४ जनालाइ रु .२८ लाख ८७ हजार ६ सय बितरण गरेको थियो भने आज वार्ड नं. १ र ४ को ५ सय ४६ जनालाइ रु ३१ लाख ८३ हजार ६ सय बितरण गरेको सुनवल नगरपलिकाका सामाजिक सुरक्षा साखाका बासुदेव पराजुलीले जानकारी दिनुभएको छ । भोलि वार्ड नं ३ र ६ को बितरण गर्ने सुनवल नगरपलिकाले जानकारी दिएको छ ।