१२ पौष , काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ सिस्टममा कक्षा ११ को नतिजा सार्वजनिक गर्ने भए पनि विद्यार्थीलाई ग्रेडपोइन्ट एभरेज (जिपिए) नदिने भएको छ । केही दिनपछि बस्ने बोर्ड बैठकमा कक्षा ११ मा जिपिए नराख्ने प्रस्ताव पेस गर्ने तयारी हुँदै छ ।
बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले एक सातामा बोर्ड बैठकबाट ग्रेडसिटको टुंगो लगाउने बताए । अध्यक्ष पौडेलले कक्षा ११ र १२ ‘सिंगल सब्जेक्ट ट्रयाक सिस्टम’मा चलेका कारण ग्रेडिङमा नतिजा निकाले पनि जिपिए नराख्ने बताए । उनले भने, ‘जिपिए नराख्ने प्रस्ताव तयार छ, यो प्रस्ताव बोर्डबाट पारित होला ।’
यो खबर आजको नयाँ पत्रिकामा छ ।