०६ माघ , काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव विदेश भ्रमण जान लागेका छन् ।
कुनै विशेष कार्यक्रम नभए पनि पदावधि सकिनलागेका बेला उनी आयोजनाको खर्चमा अर्को साता स्पेन जान लागेका हुन् ।
मन्त्री यादवको एक साता विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ ।
भिआइपीको विदेश भ्रमण सम्बन्धित देशका निकायको निम्तोमा हुने भए पनि मन्त्री यादवको भ्रमण सरकारी नभई व्यक्तिगत हुनेछ ।
मन्त्रालयका एकक सचिवले भने,
-मन्त्री नै विदेश जानुपर्ने कुनै औपचारिक कार्यक्रम छैन ।
-कार्यक्रम नै नभए पनि घुमफिरका लागि मेलम्ची आयोजनाको खर्चमा उहाँ घुम्न जान लाग्नुभएको हो ।
यो खबर आजको नागरिक दैनिकमा छ ।