जाँउ कान्छी
हामी गोर्खाल्यान्ड घुमेर आउँ
त्याहा गयेर हाम्रा शहिदहरुलाई ,
एककै अञ्जुली भयेपनी
पानी चडायेर आउँ
भोको प्यासी गोर्खे सन्तानलाइ
एक चोटी भेटेर आउँ
त्य्सैले कान्छी जाँउ
हामी गोर्खाल्यान्ड घुमेर आउँ
रुइरहेको छ अरे
गोर्खाल्यान्ड आफ्नै
नामको लागी
जुम कान्छी
हामी त्याहा गै ति निर्धोस
आँसु रोकेर आउँ
जादा रित्तो होइन
तिम्रो घरको लागी
,त्याग र
समर्पनको कोसेली बोकेर
जाउ ,
त्यसैले कान्छी जाँउ
गोर्खाल्यान्ड पुगेर
आउँ
कान्छी
हामी टाढा छउन्जेल
खालि टाढा भयौं
पैसा र भविस्यको
खोजीमा आफ्नो ,घर बिर्स्यौ
आज हेर ,आफ्नो घर घदेरीनै
भत्कन्दैछ,त्यसैले म भन्छु कान्छी
जाँउ एक्खेप हामी हाम्रो घर
हेरेर आउँ,हामी गोर्खाल्यान्ड
घुमेर आउँ ,
रित्तो छ गोर्खे सन्तान
न अघि न पछि
ति रित्तो सन्तानलाई
एक आवाज दियेर आउँ
त्यसैले कान्छी जाँउ
गोर्खाल्यान्ड घुमेर
आउँ
कति सहिद भये
कति आधा कल्चो भये
कति रम झम छ्न
कति खाली खबरमा छ्न
तर कान्छी हामी
ति सबैलाइ एक्पल्त
सम्झायेर आउँ
त्यसैले कान्छी
जाँउ हामी
गोर्खाल्यान्ड घुमेर
सुतेकाहरुलाइ जगायेर आउँ
जाँउ कान्छी
Santabir Tamang (NEW Delhi)