सोनकलि थारु
७ असार सुनवल नवलपरासी
विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिने योग गुरुले बताएका छन् ।यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिनुभएको छ । दिवसका अवसरमा आज आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्ने बताउनुभयो ।
यस्तै गुठीप्रसौनीको जनजगृति माबिमा आज अन्तररष्टिय तेस्रो योग दिवस मनाइएको छ ।हिन्दु स्वयमसेवक संघ नवलपरासीको आयोजना गुठीप्रसौनी औषधालयको सहयोग रहेको थियो ।पशुपति प्रचारप्रसार समितिका गुठीयार सत्यदेव पाण्डेको अध्यक्षतामा भएको योग कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बाबुराम सुबेदी,शिक्षकहरु भोलाप्रसाद कुर्मी सलिग्राम लम्साल,अंगद यादब,रामनाथ हरिजन,शिक्षिका संगिता सिंह, चन्द्रवती कुश्वाहा र कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुको सहभगिता रहेको थियो ।सत्यदेव पाण्डेले प्रशिक्षण दिनुभएको कार्यक्रममा दिनबहादुर मिश्राले कार्यक्रमको संचालन गर्नुभएको संजय कुवाहादे जानकारी दिनुभएको छ ।