१७ माघ , काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएका छन् ।
नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उदेश्यका साथ उनी नेपाल आउने तयारीमा जुटेका हुन् । मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली (बिहीबार) काठमाडौं आउँदै छिन् ।
काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार,
-भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लाग्नुभएको हो ।
-मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ ।
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।