प्रहरीले होलीमा जबरजस्ती लोला हान्ने र रंग दल्नेलाई सार्वजनिक अपराधदेखि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने भएको छ।
महानरीय प्रहरी परिसरले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै होलीका नाममा जबरजस्ती लोला हान्ने तथा रंग दल्नेलाई कडा कारवाही गर्ने बताएको हो।
पत्रकार सम्मेलनमा एसएसपी पोखरेलले होलीका नाममा कुनै पनि व्यक्तिलाई जबरजस्ती गरेको भेटिए उनीहरूको गल्ती अनुसार सार्वजनिक अपराधदेखि ज्यान मार्ने उद्योगमा समेत मुद्दा लगाउने बताए।
‘होली पर्व हो रमाइलो गर्नुपर्छ तर रमाइलोको नाममा कानून मिच्न र अरुलाई बाधा पुर्याउन मिल्दैन यदि त्यस्तो गरेको भेटिए कानूनी कारवाही हुन्छ,’पत्रकार सम्मलेनमा बोल्दै उनले भने।
उनका अनुसार होलीका काठमाडौंका २ हजारभन्दा बढी प्रहरी परिचालन हुनेछन्। त्यसैगरी, विभिन्न स्थानमा सुरक्षा जाँच राखिने छ भने जबरजस्ती लोला हान्नेलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी समेत खटाइने छ