सचिन पंगेनी/देवदह
धेरै सहेको तर आफ्नो मातृभूमिप्रतिको अपशब्द र आफ्नो राष्ट्रको सम्मानमा आँच आउन थाल्यो । म आँफै सम्लाहिन सकिनँ। सिमा सुबेदी सम्बोधन मा तिमी भने यस्को लागी क्षमा होलाउ तिमी कुनै बिउटी कन्टेस्ट को विनर होलाउ फेमस पनि हामीलाई तेस्को कुनै सरोकार भएन , तिमी तिम्रो देश लाई माया गर्छेउ गर गर्नु पनि पर्छ।
त्यो देश को नागरिक हुनु मा तिमी लाई गर्ब छ मान गर्व मान्नु पनि पर्छ । तिम्रो सात पुस्ताले पनि नेपाल देखेको छैन भन्छेउ भने तिम्रो मातृभाषा नेपाली कसरी भयो ? यस्को जवाफ देउ ? र त्यही भाषा बोल्न पाउने माग कुन हैसियत ले माग्छौ भन ? तिमी भन्छेय्यौ, नेपालीहरुले इन्डियन को घर मा भाडा माझ्न आएका छन् र तिनले गर्दा तिमीहरु बदनाम भयौ रे तिमी भयौ होला बदनाम तर हामीलाई गर्व छ हाम्रो नेपाली दाजु भाइ दिदी बहिनी जो छन् उनले काम नै गरेर खाएका रहेछन त्यही त हो नि नेपाली को पहिचान नै मेहेनती र इमान्दार ।
सिमा! लाज के हो र बदनाम कस्तो हो भन्ने बुझ्न चाहन्छौ भने नेपाल आउ हेर्न ,तिमी तिम्रा ति हजारौ को सङ्ख्यामा रहेका तिम्रो मुलुक का जनता खान नपाएर हाम्रो पशुपति , स्वयम्भु को भर्याङमा साना साना काखे नानी च्यापेर बसेको भेट्छेयौ असक्त र नसक्नेले त स्वभाबिक नै हो बिकल्प भेटेनन् होला तर सक्ने र बलिया पनि भुईमा सुतेको पाउने छौ |
सिमा! तिमी लाई गोर्खा भन्ने कहाँ हो के हो थाहा नहोला तर गोर्खाली को उत्पती कहाँ बाट भयो र को हुन भन्ने सायद पक्कै थाहा होला र थाहा छैन भने आफ्नो आफ्ना सँग गएर सोध्नु । तिमीले भनेउ बिपती पर्दा सबै भन्दा पहिले तिम्रो देश अघि आयो भनेउ , हो गरेको सहयोग लाई हामिले पनि गरेको नै भनेको छौ तिमीले त बिपत्ती पर्दाको कुरा गरेउ, सिमा ! त्यो बिपत्तीमाी हामिलाई साथ नदिने कुनै पनि रास्ट्र छैन जस्ले हामिलाई सहयोग गरेन , जसरि तिमीले आफुलाई नेपाली होईन भन्छेउ नि हो हामीलाई पनि राम्रोसँग थाहा छ देश को सिमाना छुट्टेपछि त्यहाँ को नागरिक पनि उतैको हुन भनेर , तर कुनै समयमा नेपाली हुन आफ्नै हुन भनेर हामीले आज सम्म पनि कुनै भेदभाव नगरि हामीले प्रसान्त लाई भोट गरेउ तेरिया लाई भोट गरेउ के हाम्रो साथ बिना तिनको जित सम्भव थियो ?हामिलाई तिमीहरुको कुनै कुरामा चासो छैन चाहे छुट्टै रास्ट्र नै माग या राज्य , तर तिमीहरु को कुनै सम्बन्ध नेपाल सँग छैन भने नेपालीसँग छैन भने हाम्रो नेपाल र हामी नेपाली हामी गोर्खाली को सान हाम्रो पुर्खाको रगत पसिना र पौरख बोकेको वीर गोर्खा को नाम लिएर छुट्टै राज्य कुन अधिकार ले माग्दै छौ ह तिमी हरु ?
सिमा ! तिमीले जस्तै अर्को इन्टरब्युमा पनि हेरे मैले जहाँ हाम्रो देशलाई गरीब मुलुक भनेर हेपिएको छ हामी नेपालीसंग मिल्न सक्दैनौ भनिएको छ हो देश गरीब पनि छ ,गरीब नै भए पनि हाम्रो देश प्यारो छ , हामी पनि नेपाली हाम्रो रगत मा पनि गोर्खाली कै रगत बगेको सानो र गरीब भए पनि हामी आवाज उठाउन सक्छौ हाम्रो देश र हाम्रो पहिचान माथि तिमी जो कोहीले प्रश्न गर्छौ र अपस्ब्द बोल्छौ भने हामिले पनि सहने छैनउ , बुझिराख तिमीहरु के को घमन्ड गर्छौ ? जुन देश को बासी हौ तेही देश का अधा भन्दा बडी जनता ले नै तिमी हरुलाई स्विकार्दैन इन्डियन भनेर , पहिले आफु इन्डियन नै हुँ भनेर लड।
हामी त गरीब भए पनि सबैलाई माया गर्ने नेपाली तिमीहरु को जस्तो सानो सोच छैन हाम्रो, अवस्य पनि आफ्नो पहिचान मिलोस् तिमीहरुलाई । नेपाली भनेर चिनिन नचाहनेले हाम्रो नेपाली भाषा लाई मातृ भाषा हो भन्ने अधिकार छैन तिमीहरुलाई ! तिमी भन्दा अघिका सात पुस्ता लाई नेपाल र नेपाली गोर्खा थाहा नै रहेनछ भने तिमीहरुले गोर्खा शब्द सँग जोडिएको हाम्रो सान लाई आफ्नो भन्ने कुनै अधिकार छैन ।
जय मातृभुमि