१० असार सुनवल नवलपरासी । असार १४ गते स्थानिय तहको दोस्रो चरणको चुनाव नजिकिदै गर्दा नेकपा एमाले सुनवलले आज सुनवल नगरपालिका वडा न १२ , वडा न ५ र वडा न ३ घरदैलो कार्यक्रम र वडा भित्रका विभिन्न ठाँउमा कोणसभाका साथ संस्कृतिक कार्यक्रम समेत गरेको छ । विहान वडा न १२ मा घरदैलो कार्यक्रम थियो भने दिउसो वडा न ५ र वडा न ३ मा प्रचार प्रसार कार्यक्रमलाई ब्यापक वनाएको थियो । सो अवसरमा मेयर उम्मेदवार विमला अर्याल , उप मेयर उम्मेदवार ददिराम अर्याल, वडा अध्यक्षका उम्मेदवार , सदस्यका उम्मेदवार का साथै केन्द्रीय सदस्य तिलक महत , जिल्ला स्तरीय नेता कार्यकर्ता हरुको ब्यापक उपस्थीतीमा घरदैलो कार्यक्रम भएको हो ।
त्यस्तै महिला परिचालन समिति संयोजक तारा आर्चायको संयोजकत्वमा आज सुनवल वडा न ७ र ८ मा महिलाहरुको ब्यापक उपस्थीतिमा छलफल भएको छ । उक्त छलफलले समृद्ध सुनवलमा महिलाको हक अधिकार लाई सुनिश्चीत वनाउन महिला मेयर उम्मेदवार विमला अर्याल लागाएत एमालेको प्यानलाई विजयी गराउन आफुहरु लागी पर्ने वताएका छन् । सो अवसरमा नमुना मतपत्रमा मतदान गर्न समेत सिकाईएको थियो ।