दाङ १० असार। नेपाल पत्रकार महासंघ दाङले आज बिज्ञप्ती जारी गर्दै जिल्लामा रहेका पत्रकारहरुलाई सवारी पास लिनका लागी आवश्यक कागजपत्र उपलब्ध गराउन अुनरोध गरेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष सबिन प्रियासनको अध्यक्षतामा बसेको नियमित बैठक पश्चात जारी गरेको बिज्ञप्तीमा असार १४गते हुन गईरहेको स्थानिय तहको दोश्रो चरणको निर्वाचनमा रिपोटिङका लागी नेपाल सरकार र प्रेस काउन्सीलले जारी गरेको आचारंसहितामा आधारित रहेर जिल्लामा रहनुभयका पत्रकारहरुलाई संचारगृहमा कार्यरत संचारकर्मीहरुका लागी सम्बन्धित संचार गृहको सिफारिस,सुचना बिभागवाट जारी भएको अध्यावधिक पत्रकारको परिचयपत्रको फोटोकपि,सवारी चालक अर्थात लाईसेन्स फोटोकपि र ब्लु बुकको फोटोकपि सहित भोली बेलुका ५बजेसम्म सम्पुर्ण कागजपत्र उपलब्ध गराउन अनुरोध गरिएको छ । यसैगरी महासंघको केन्द्रिय समितिको निर्णयअनुसार महासंघको केन्द्र,प्रदेश तथा जिल्ला कार्यसमितिमा रहनुभयका पदाधिकारी,सदस्य रहिरहेको ब्यक्ति कुनैपनि राजनितिक पदको निर्वाचनमा उम्मेदवार भएमा महासंघको विधान बमोजिम राजिनामा दिन आग्रह गरिएको छ । साथै नेपाल पत्रकार महासंघ दाङको कार्यसमितिमा कार्यरत सदस्य सुवाष डि.सी.कोे राजिनामा स्वीकृत गरिएको बिज्ञप्ती मार्फत नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वलीले जानकारी दिनुभयको छ ।