usnepalinews,
दाङ १० असार । निर्वाचन मिती नजिँकीदै जाँदा नेपाली कांग्रेसले चुनावी प्रचार प्रसारलाई तिब्र पारेको छ । जिल्लाका तल्लो तह देखि उपमहानगर पालिकाभित्रमा कांग्रेसको चुनावी प्रचार ब्यापक बनेको छ । सबै राजनीतिक दलहरुको ध्यान केन्द्रीत भएको घोराही उपमहानगरपालिकामा नेतृत्व हत्याउन कांग्रेसले भरमजदुर जोडबल गरिरहेको छ । उपमहानगरपालिकाका वडा तथा टोलटोलमा पुगेर कांग्रेसले यत्तिवेला बृहत चुनावी सभा गरिरहेको छ । यसैक्रममा आज नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं १५ले बृहत चुनावी सभा कार्यक्रम घोराही भरतपुरमा सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं १५का वडा अध्यक्षका उम्मेदवार रमेश पाण्डेका अध्यक्षता तथा माननिय सांसद राजु खनालको प्रमुख आतिथ्य एंव सांसद अनिता देवकोटाको विशिष्ट आतिथ्यमा चुनावीसभा कार्यक्रम सम्पनन भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद राजु खनालले बिकासका लागी काग्रेसको जित आबश्यक रहेकाले पनि कांग्रेस पार्टीलाई भोट दिन अपिल गर्नुभएको थियो । यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सांसद अनिता देवकोटाले बिकास र एकमात्र निकासका लागी भरपर्दो पार्टी भनेकै कांग्रेस भएकाले कांग्रेसपार्टीलाई बहुमतका साथ बिजयी गराउन आग्रह गर्नुभएको थियो ।
यसैगरी कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं १५का मेयर पदका उम्मेदवार भुप बहादुर डाँगीले ईतिहासलाई फर्केर हेरियो भनेमात्र पनि सम्पुर्ण बिकास र परिवर्तनको नेतृत्व कांग्रेसले मात्र गरेको थियो यसर्थ तपाई आफैपनि हेक्का राख्न सक्नुहुन्छ कांग्रेस आम नागरिकहरुको बिकास र परिवर्तनको पार्टी हो तर्सथ कांग्रेस पार्टीलाई अत्यधिक मतका साथ बिजयी गराउन अपिल गर्नुभयो यसैगरी कार्यक्रममा बोल्दै उपमेयर पदका उम्मेदवार पुष्पा श्रेष्ठले महिला शसक्तिकरण र सबलीकरणका लागी कांग्रेस पार्टीले काम गर्दै आईरहेकाले पनि कांग्रेस पार्टलाई विजयी बनाउन अपिल गर्नुभएको थियो ।
यसैगरी नेपाली कांग्रेसले आज चौघेरा वडा नं १७मा पनि बृहत चुनावीसभा कार्यक्रम सम्पन्न गरेको छ । त्यस क्षेत्रका मतदाताहरुको उत्साहजनक सहभागितामा भएको चुनावीसभा कार्यक्रममा सबै मतदाताहरुले बहुमतका साथ कांग्रेस पार्टीलाई जिताउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
यसैगरी त्रिभुवननगर जेसीजले घोराहीमा आयोजना गरेको घोराही उपमहानगरपालिकाको मेयर पदका उमेद्वारहरूसँगको ककस कार्यक्रममा पनि मेयर पदका उम्मेदवार भुपबहादुर डाँगीले नेपाली कांग्रेस आम नागरिकहरुको हरेक समस्याको संवोधन गर्नेे,हरेक बिकास र निकासहरुको एकमात्र पार्टी नेपाली कांग्रेस भएको भनी संबोधन गर्नुभएको थियो ।
यसैगरी आज नै घोराही उपमहानगरपालिकाको वडा नं १३को बगाले र बडहरा, घोराही उपमहानगरपालिकाको वडा नं १२को बिजौरी,वडा नं १३को चागुँ,वडा नं ११को सेवार वगाले लगायतका स्थानहरुमा बृहत चुनावीसभा कार्यक्रम सम्पन्न गरेको छ । साथै विभिन्न स्थानहरुमा भएको बृहत चुनावीसभा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांगं्र्रेसमा करिब १हजार बढी नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका थिय ।
यसैबिच
नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वार्ड नं१ले आज रामपुर बुकामा चुनावीसभा सम्पन्न गरेको छ ।
प्रचार प्रसार संयोजक तिलकराम तिवारीको अध्यक्षता र क्षेत्र नं२का क्षेत्रिय सचिव चुडामणी आर्चायको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका मेयरका उम्मेदवार भुपबहादुर डाँगीले नेपाली कांगे्रस दुःख सुःखको साथि भयकाले नेपाली कांग्रेसलाई अत्यधिक मतले बिजयी गराउन अपिल गर्नुभएको थियो यसैगरी कार्यक्रमलाई संम्बोधन गर्दै घोराही उपमहानगरपालिका उप मेयरका उमेदार पुष्पा श्रेष्ठले आफुहरु त्यस क्षेत्रको बिकासका लागी सदैब लागीपर्ने भन्दै २०७०सालको संविधानसभाको निर्वाचनमा जस्तै यसपटक पनि सबै क्षेत्रमा अत्यधिक बहुमतका साथ बिजयी गराउन अपिल गर्नुभएको थियो ।
कार्यक्रममा कांग्रेसका पुर्व जिल्ला सदस्य दामोदर के.सी,नेता टंकेश्वर शर्मा,वडा अध्यक्षका उम्मेदवार किशोर पाण्डे,ईकाई सभापति रेवती प्रसाद घिमिरे,नेविसंघ का पुर्व अध्यक्ष राजकुमार धिताल,बलबहादुर कार्की,महेन्द्र घर्ति,मुक्तिराम थापा,बालकुमारी वि.सी,भरत धिताल,मंगल घर्तिमगर,दामोदर बुढाथोकी, युवराज बस्नेत लगायतले बोल्नुभयको थियो ।
यसैगरी
नेपाली काग्रेस घोराही उप महानगरपालिका वडा नम्वर १८ को सुपैला खुटीमा चुनावी सभा सम्पन्न भएको छ । नेपाली काग्रेस घोराही उप महानगरपालिका वडा नम्वर १८ का संयोजक मधुसुदन अधिकारीको अध्यक्षता एवम क्षेत्रिय प्रतिनिधि टिका शाहाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वोल्ने बक्ताहरुले नेपाली काग्रेसलाई विजयी वनाउन सवै सक्रिय वन्नु पर्ने बताएका थिए । त्यस अवसरमा जुनुकुमारी रोका, दाङ उद्योग वाणिज्य संघका सदस्य शुसिल पोख्रेल, वडा नम्वर १८ का वडा अध्यक्षका उमेदार दिनेश अधिकारी, सदस्यहरु गणेश वेलवासे, श्रीधर भण्डारी, महिला सदस्य पार्वती योगी, दलित महिला सदस्य ज्ञानी विश्वकर्मा लगाएतकाले भनाई राखेका थिए । नेपाली काग्रेस घोराही उप महानगरपालिका समितीका सल्लाहाकार धर्म हमालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण घनबहादुर रावतले गरेका थिए ।