सोनकलि थारु
११ असार सुनवल नवलपरासी । नवलपरासीको सुनवलमा चुनावको ¥यालीमा हिडेको माओवादी केन्द्रको बसमा बम प्रहार हुदा पाच जना माओवादी कार्यकर्ता घाइते भएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव प्रचारको र्यालीमा हिडेको लु १ ख ६७७३ नम्बरको गाडीमा सुनवल नगरपालीका ३ पि के पेट्रोल पम्प नजिकै रहेको सोमनाथ खोलाको पुल नजिक बम विष्फोट भएकोे इलाका प्रहरी कार्यालय सुनवलले बताएको छ । बम बिष्फोट हुदा बसमा सवार पांच जना घाइते भएका छन् ।घाइते मध्ये सुनवल १२ का बेला कुमारी कड्हरीया र १० बस्ने बर्ष ४२ को लेखनाथ सुबेदीको अवस्था गम्भिर रहेको छ ।उनीहरुको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरुमा सुनवल ११ केरवानी बस्ने बर्ष ५७ को नेपाली कांग्रेश पार्टीको क्षेत्रिय सदस्य होम नारायण चौधरी ,सुनवल१२ भटौली बस्ने बर्ष४४ कि मिना चौधरी ,बर्ष १४ को श्रीकान्त केवट ,बर्ष४६ कि फुल कुमारी कडरियाको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचार भईरहेको छ ।भने बस चालक बर्दघाट नगरपालिका २ चिसापानी बस्ने बर्ष २८ का नर बहादुर बि.क.को स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात घर फर्किएको इलाका प्रहरी कार्यालय सुनवलले जानकारी दिएको छ ।
बम राख्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पुल छेउको ढुंगामा लुकाएर राखिएको बम पड्किएको र ¥यालीमा प्रयोग गरिएको बसको सिसा फुटेर कार्यकर्ताहरु घाइते भएका थिए ।नेपाली कांग्रेसको चुनावी ¥याली सकिएपछि माओवादीको ¥याली सोमनाथ पूलमा आएको बेला बम पड्किएको थियो । माओवादीको ¥याली भन्दा पछाडि एमालेको ¥याली थियो । माओवादी केन्द्रको ¥याली भन्दा अगाडी प्रहरीको गाडी थियो । बम बिष्फोट भएको स्थानबाट ईलाका प्रहरी कार्यालय सय मिटरको दुरीमा पर्दछ । बम कस्ले र किन प्रहार गर्यो भन्ने विषयमा केही पनि नखुलेको प्रहरीले जनाएको छ । माओवादी केन्द्रले भने प्रतिकृयावादीले चुनावलाई बिथोल्ने मनसायले बम प्रहार गरेको भन्दै घोर भत्सर्ना गर्दै जस्तो सुकै अवस्थामा पनि जनताको अभिमत लिन नचुक्ने बताएको छ ।