सोनकलि थारु
११ असार सुनवल नवलपरासी । सुनवल नगरपलिकाको कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार भिम बहादुर थापा भरतले आज सुनवल नगरपलिकाको १३ ओटै वडामा मोटरसाइकल रयाली र सुनवल र भुमहीमा कोणसभा सम्पनन गर्नुभएको छ । मेयरका उम्मेदवार भरत थापाको नेतृत्वमा उपमेयरका उम्मेदवार तारा भण्डारी, वडा अध्यक्ष ,वडा सदस्य ,खुला सदस्यका उम्मेदवारहरु लगायात हजारौका सख्यामा कार्यकर्ताका साथ थापाले १३ वटै वडामा मोटरसाइकल रयाली गरेका हुन् ।
यस्तै सुनवल र भुमहीमा भएको कोणसभालाइ सम्बोधन गर्दै मेयरका उम्मेदवार भिम बहादुर थापा भरतले सुनवल नगरपालीकामा ५ वर्ष भित्रमा सुविधासम्पन्न प्रसुती गृह सहितको ५० सैयाको अस्पताल निर्माण , शिक्षा क्षेत्रमा विधालय तहको शिक्षा सबैलाई अनिवार्य र निशुल्क गरी नगरलाई पूर्ण साक्षर बनाउने साथै सर्वसुलभ र गुणस्तरिय शिक्षा तथा प्राविधिक शिक्षालाई जोड दिई प्राविधिक शिक्षालयहरुको विकास गर्ने वताउनुभएको छ ।
त्यसैगरी सुनवल नगरपालीका भित्र पर्ने ज्यामिरे देखी हरकट्टा सम्मको बजारलाई स्मार्ट सिटी र रिङ्ग रोडको योजनालाई अगाडी सार्ने ,सबै महिला तथा बेरोजगार युवाहरुलाई मध्यनजर गर्दै उनिहरुलाई विभिन्न किसिमका कृषि, लघुउधम तथा स्वरोजगारमुखी अभिमुखीकरण तालिमहरु प्रदान गर्न एक वडा एक उधम केन्द्रको अवधारणा विकास गरीने वताउनुभएको छ । त्यस्तै उहाले सुनवल नगरपालीका नेपालकै पहिलो बालमैत्री नगरपालीका भैसकेको र यस नगरपालीकालाई आफूले जितेमा पहिलो महिलामैत्री नगरपालीका बनाउने ,युवाहरुलाई प्राविधिक र कृषी शिक्षा मार्फत उधमी बनाउनका लागी शाहुलियत दरमा कर्जा प्रदान गरी व्यवसायतर्फ आकर्षित गर्ने लक्ष्य समेत उहाले प्रस्तुत गर्नुभउको थियो । साथै नगरभित्रै सुविधासम्पन्न आकर्षक पार्कको निर्माण गरी स्थानियहरुलाई मनोरञ्जनको वातावरण प्रदान गर्ने र धेरै भन्दा धेरै आन्तरीक पर्यटकहरुलाई सुनवल नगरमा भित्राउने लक्ष्य समेत आफूले राखेको थापाले वताउनुभएको छ ।