काठमाडौँ । अभिनेत्री मलिना जोशीले ‘आइएम सिंगल’ भनेकी छन् । काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमा अभिनेत्री जोशीले आफु सिंगल रहेको बताएकी हुन् ।
सो कार्यक्रममा अभिनेत्री जोशी र अभिनेता अनुप बिक्रम शाहीबिच बिगतका दिनहरुमा चलेको अफेयरको बारेमा सोधिएको थियो । सोही प्रश्नको उत्तर फर्काउँदै अभिनेत्री जोशीले अभिनेता शाही एक राम्रो अभिनेता रहेको बताएकी छन् । त्यस्तै अभिनेता शाही नेपालको नम्बर वान अभिनेता भएको हेर्न चाहेकी पनि बताउँदै ‘आईएम सिंगल’ भनेकी हुन् ।
अभिनेत्री जोशीले अभिनेता अनुप विक्रम शाही एक राम्रो कलाकार भएको बताउँदै भनिन्, ‘उनी एक राम्रो कलाकार हुन् । मैले अनुप नेपालको नम्बर वान अभिनेता भएको हेर्न चाहन्छु र त्यही कामना पनि गर्छु ।’
यसो भनिरहँदा अभिनेत्री जोशीले आफ्नो सम्बन्धको बारेमा भने केही बोलिनन् । त्यस्तै केही महिना अघि मिडियामा आएको अर्का कलाकार सारुक ताम्राकारसँगको सम्बन्धको बारेमा पनि सोधिएको थियो । मलिनाले सो समाचारको खण्डन गर्दै सारुक आफ्नो मिल्ने साथी भएको बताईन् ।
त्यस्तै अभिनेत्री जोशीले एक पटक क्लवबाट पिएर निस्किएकी भन्ने समाचार भने बिलकुलै गलत भएको बताएकी छन् । उनले भनिन्, ‘‘मैले कहिल्यै पनि ड्रिङ्क गर्ने गरेकी छुइन । मिडियामा आएको समाचार पुरै गलत हो । हो, म क्लव गएकी थिए तर ड्रिङ्क गरेकी थिईन र ड्रिङ्क गर्ने बानी पनि छैन ।’’
अभिनेत्री जोशीले आफु एक कलाकार तथा पुर्व मिस नेपाल भएको नाताले त्यस्तो गरेर हिँड्न आफ्नो इथिक्सले नदिने पनि बताईन् । अभिनेत्री जोशी अभिनित आगामी फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ हो । यो फिल्म आगामी जेठमा रिलिजमा आउँदैछ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।