‘निर्वाचनमा चरम भ्रष्टाचार’ शीर्षकमा नयाँ पत्रिका दैनिकमा बुधबार प्रकाशित समाचारले निर्वाचन आयोगमा भएको अनियमितता छरपस्ट बनाएको थियो ।
वास्तवमा यो खुलासा महालेखापरीक्षकको प्रतिवेदनले नै गरेको छ । सार्वजनिक हुन बाँकी प्रतिवेदनको केही अंश नयाँ पत्रिकाले बुधबार प्रकाशित गरेको थियो । जसमा गत वर्षको सबैभन्दा ठूलो परियोजना निर्वाचनका नाममा भएको अनियमितता स्पष्ट रूपमा औँल्याइएको थियो ।
नयाँ पत्रिकाको समाचारमाथि बुधबार सामाजिक सञ्जालमा दिनभर बहस भयो । पूर्वअर्थसचिव रामेश्वर खनाल र लोकसेवा आयोगका पूर्वसदस्य कृष्ण पोखरेलले यो बहसको सुरुवात गरेका थिए ।
लगत्तै खनाललाई निर्वाचन आयुक्त इला शर्माले ट्विटरमा ब्लक गरिन् । इलाले अखलाई पनि ब्लक गरेका तथ्य सार्वजनिक भए । तर, बहस झन्पछि झन् सघन भयो ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।