काठमाडौं ।चलचित्र विकास बोर्ड अध्यक्षमा अध्यक्ष निकिता पौडेल नियुक्त भएपछि उपत्यकामा संचालित सिंगल थिएटरहरुमा बक्स अफिस प्रणालीको इटिकेटिङ सिस्टम लागु हुने भएको छ।
चलचित्र विकास बोर्डले नयाँ वर्षको पाईला सँगै यस क्षेत्रमा संस्थागत सुधार प्रणालीमा लैजान सिंगल थिएटर साथै मल्टिप्लेक्स सिनेमा घरहरुमा सञ्चालित इटिकेटिङ सिस्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दैछ।
विकास बोर्डको उद्देश्य अनुरुप चावहिलस्थित गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण सम्पन्न भएको छ। गोपीकृष्णसँगै कोटेश्वर जडिबुटी अवस्थित पुष्पाञ्जली, बौद्ध स्थीत सिदार्थ र पृथ्वीसंगै कलंकी सिनेमा हलमा बैशाख १० गते देखि नै बक्स अफिस प्रणाली शुरु हुनेछ।इटिकेटिङको लागि सर्भर जडानको काम ब्रेन डिजिटले गरीरहेको छ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।