सौन्दर्य प्रतियोगिता मिस नेपालको सन् २०१८ का लागि श्रृङ्खला खतिवडा बिजेता भएकी हुन् ।हेटौडाकी २२ वर्षीया शृङ्खला खतिवडा नयाँ मिस नेपाल बनेकी छिन्।
उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। संघीय सांसद विरोध खतिवडा र प्रदेश सांसद मुनु सिग्देलकी छोरी शृङ्खला ५ फिट ६ इन्च अग्ली छिन्।
आर्किटेक्टमा स्नातक उत्तीर्ण उनले २०१६ मा भएको एसियन पेन्ट्स डिजाइन कम्पिटिसनमा आर्किटेक्चर स्टुडेन्ट एवार्डसमेत जितेकी थिइन्।
त्यस्तै फस्र्ट रनरअप हुन सफल मनिता देवकोटाले मिस नेपाल युनीभसको उपाधी जित्न सफल भएकी छन् ।मिस नेपाल वल्र्ड शृङ्खला खतिवडा र मिस नेपाल युनीभर्स मनिता देवकोटा सँग गरीएको कुराकानी –
[youtube https://www.youtube.com/watch?v=Mdt9hvS5dIY]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।