मुम्बई । बलिउड नायिका कंगना रनावत सधैं विवादको केन्द्रमा आईरहने भएपनि उनी सामाजीक संजालमा त्यती आउन रुचाउँदिनन् । कलाकारहरु सामाजिक सञ्जाललाई आफ्नो प्रचार प्रसारको दरीलो माध्यम बनाउछन् तर कंगना यी कुराहरुबाट टाढै छिन् ।
कंगना बलिउडकि यस्ती अभिनेत्री हुन् जसको न फेसबुक छ न ट्वीटर । न उनलाई इन्स्टाग्राममा नै दैख्न सकिन्छ। उनले सामाजिक सञ्जालमा एकाउन्ट खोल्दा अनावश्यक कुराहरु लफडा तथा समयको बर्वादी हुने कारण आफुलाई यस तर्फ कुनै आकर्षण नरहेको बताउँछिन् ।
‘म सोसल मिडियामा नहुने धेरै कारण छन् । जसमध्ये एउटा कारण यसमा खर्चनु पर्ने समय । यदि मैले कुनै अकाउन्ट खोले भने सारा दिन त्यसैमा बिताउँछु भन्ने लाग्छ,’ कंगनाले भनेकी छिन् । उनले आफूलाई दिनैपच्छिे जसो एकाउन्ट खोल्न दबाब आउने गरेको पनि बताएकी छिन्।
धेरैले मलाई ब्रान्डको प्रचारका लागि पनि एकाउन्ट चाहिन्छ भनेर खोल्न कर गर्ने गरेका छन् । तर मलाई यस्तो कुरामा पनि विश्वास छैन,’ उनले भनेकी छिन्, ‘कहिलेकाहीँ मेनेजरले पनि एकाउन्ट खोलौं, पोस्ट हामी आफैं गर्दिन्छौं भनेर भन्ने गरेका छन् । तर मलाई यो आइडिया पनि ठिक लाग्दैन । मैले अहिलेसम्म आफू प्रत्यक्ष संलग्न नहुने कुनै पनि काम गरेको छैन । उनले आफ्नो एकाउन्ट अर्कोलाई चलाउन दिनुलाई नक्कली सम्बन्धसँग तुलना गरेकी छिन्।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।