हेटौंडा । अक्षय तृतीयाको शुभसाइत पारेर मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडाको पल्पसा सभागृहपरिसरमा निर्माण हुने अतिथिगृह निर्माणको भूमिपूजन गरेको छ ।
सभागृह परिसरमा आयोजित भूमिपूजन कार्यक्रम संघ अध्यक्ष कृष्ण कटुवाल, पूर्वअध्यक्ष जीवनकाजी माकजु श्रेष्ठ, पूर्वअध्यक्ष एवम् नेउवा महासंघ केन्द्रीय सदस्य अरुणराज सुमार्गी र पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठबाट संयुक्तरुपमा पूजन गरिएको थियो ।
कार्यक्रममा संघ पदाधिकारी, कार्यसमिति सदस्य र कर्मचारीको उपस्थिति थियो । अतिथिगृह निर्माणका लागि नक्सालगायत काम अघि बढिसकेको र थप आवश्यक कार्य अघि बढ्दै गरेको सचिव तथा निर्माण समिति संयोजक विष्णुगोपाल महर्जनले बताउनुभयो ।
करिब ५ करोड लागतमा निर्माण हुने अतिथिगृहमा ३२ कोठा र एउटा सभाहल हुनेछ । उक्त अतिथि सदन डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष कटुवालले बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।