काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पस आज बन्द भएका छन्।
त्रिविका पूर्वरजिष्ट्रार नीलकण्ठलाल श्रेष्ठको निधनको शोकमा त्रिविले आफ्ना सबै कार्यालय र आंगिक क्याम्पस बन्द गरेको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए।
पठनपाठन भए पनि नियमित परीक्षा भने सञ्चालन हुनेछ। पूर्वरजिष्ट्रार श्रेष्ठको गत चैत ३० गते निधन भएको थियो।
उनी २०५५ फागुन १८ देखि २०५९ फागुन १७ गतेसम्म त्रिविको रजिष्ट्रार पदमा कार्यरत थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।