काठमाडौँ । फिल्म ‘भोर’ बेशाख २१ गतेबाट रिलिज हुँदैछ । यो फिल्मले मधेसको कथालाई बाहिर ल्याएको छ । मधेसको दाइजोप्रथाको कथामा यो फिल्म निर्माण भएको हो ।
फिल्मलाई यादवकुमार भट्टराइले निर्देशन गरेका छन् । उनले यो भ्नदा अगाडि ‘झोला’ निर्देशन गरेका थिए ।
यो फिल्मको कार्यकारी निर्माताको रुपमा देवेन्द्रप्रसाद पराजुली रहेका छन्, भने राज तिमिल्सिना र रामगोपाल थापा निर्माता हुन् ।
यो फिल्ममा कृष्ण धारावासीको कथा छ । ‘दाइजो मानव हिंसा हो’ भन्ने कथामा यो फिल्म निर्माण भएको जानकारी गराईएको छ ।
कार्यक्रममा बोल्दै निर्देशक यादव भट्टराइले मधेसको निकै दर्दनाक कथामा फिल्म बनेको बताए । मधेसमा दाइजो प्रथा भाइरसको रुपमा अगाडि बढेको र त्यसलाई चिर्नको लागि यो फिल्म निर्माण गरेको जानकारी पनि गराए ।
‘भोर’ फिल्ममा रामनारायण यादव, अनितारानी मण्डल, राजेश सक्सेना, परमेश झा लगायतका कलाकारले अभिनय गरेका छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।