२० असार , बर्दघाट नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिकामा मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । बर्दघाट नगरपालिकाको मेयरमा एमालेका धिरज शर्मा १२,८१४ मत ल्याएर विजयी भएका छन । उनले निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्गेसका विश्वप्रेम पाठकलाई १०४० मत अन्तरले पराजित गरेका हुन । पाठकले ११,७७४ मत ल्याएका छन ।यस्तै उपमेयरमा पनि एमालेकी माया देवी पौडेलले १२,८९७ मत ल्याएर विजयी भएकी छन । उनले निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्गेसकी रमिता चौधरी लाई १३२३ मत अन्तरले पराजित गरिन । चौधरीले ११५७४ मत पाएकी छन । माओवादि केन्द्रका मेयर पदमा उम्मेदवार रुद्र प्रकाश उपाध्यायले १८५० पाएका छन भने उपमेयरकी सीम गिरीले १७९० मत पाईन ।
बर्दघाटको सबैभन्दा बढि मतदाता रहेको ४ नम्बर वडामा एमालेकै उम्मेदवार रविन्द्र विक्रम हमाल सहित प्यानल ने विजयी भएको छ । बर्दघाटको वडा नम्बर १,२,३,४,५,९,११,१२,१३ र १४ मा एमाले विजयी भएको छ भने वडा नम्बर ६,७,१०,१५र १६ मा नेपाली काङ्गेस विजयी भएको छ भने वडा नम्बर ८ मा माओवादि केन्द्र विजयी भएको छ ।