२१ आषाढ । ईलाका बन कार्यालय बासाबसहीको आयोजनामा बन बन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चिसापानी सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा सेक्टर बन कार्यालयका प्रमुख पर्शुराम पौडेल ईलाकाबन कार्यालय बासाबसहीका प्रमुख राम नारायण शाह लगायत विभिन्न सामुदायिक बनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बन्यजन्तु संरक्षणमा सवै लाग्नुपर्नेमा जोड दिईएको थियो सामुदायिक बनहरुले ढलापडा रुख मात्र संकलन गर्ने र बिक्रि गर्ने काम मात्र नगरी गरिवी निवनरणको लागि पनि काम गर्नुपर्नेमा सवैको जोड रहेको थियो । अब सामुदायिक बनहरुले गरिवी निवारणको लागि ३५ प्रतिसत रकम छुट्याउनुपर्ने सेक्टर बन कार्यालय का प्रमुख प्रसुराम पौडेलले बताउनुभयो । सामुदायिक बनले रोजगार सिर्जना गरी गरिव उपभोक्ताको जवन स्तर उकास्न पनि पहल गर्नुपर्ने पनि बताउनुभयो । बन जंगलको संरक्षणका लागि चरिचरन लाई समेत नियन्त्रण गर्नुपर्नेमा अन्तरकृयामा सहभागिहरुले जोड दिएका थिए ।