काठमाडौँ । नेपाली संगीतको क्षेत्रमा नीर प्रसाद गुरुङ्गले पृथकपन देखाउँन खोजेका छन् । गीतकार गुरुङले ल्याएका ‘गीत एक, सङ्गीत अनेक’ आधुनिक गीति संग्रहमा चार वटा गीत समावेश गरिएका छन् ।
रचनाकार गुरुङ्गको सार्वजनिक यो गीतहरुको विषेशता भने चारै वटा गीतको एउटै शब्द ‘यो जुनीमा बाँचुन्जेलसम्म, तिम्रै मायाको हात चाहिन्छ’ रहेको छ । तर, यो गीतको लय र ताल भने फरक फरक धारको रहेको छ ।
यो गीत एउटा पारिवारिक वतावरणलाई समेटेर बनाईएको छ । रचनाकार गुरुङका अनुसार धेरै भन्दा धेरै शब्दमा ‘अनुप्रास’ देखिएको हुनाले नेपाली गीत संगीतको क्षेत्रमा नौलो पृथकपन देखाउन खोजिएको हो ।
रचनाकार गुरुङको यस गीतलाई चर्चित गायत राजेश पायल राई, स्वरुपराज आचार्य, प्रमोद खरेल, पवित्रा गुरुङ्ग र मिलन अमात्यले उत्कृष्ट स्वरबद्ध गरेका छन् । यी ४ वटै गितको एकल सङ्गीत संयोजन बि.बि. अनुरागीले गरेका हुन् ।
[youtube https://www.youtube.com/watch?v=B8GZtLmL-dE]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।