काठमाडौ । फिल्म ‘यात्रा-अ म्यूजिकल भ्लग’को निर्माणको घोषणा गरिएको छ । यो फिल्मलाई पुराना निर्माता केशव भट्टराइले निर्माण गर्न लागेका हुन् । फिल्मलाई सम्राट शाक्यले निर्देशन गर्दैछन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा कोटकी कालिका देवी प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको घोषणा गरिएको हो । फिल्ममा ‘ए मेरोहर २’ फेम अभिनेता सलिनमान बानियाँ लिड रोलमा रहनेछन् । साथै फिल्ममा सलोन बस्नेत, जाहन्वी बस्नेत, प्रेक्षा बज्रचार्य, रेयर राई, मल्लिका महत्त, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, जयनन्द लामा, समृद्धि राई लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
यो फिल्मको छायांकन वैशाख २५ गतेबाट सुरु हुनेछ । निर्माण पक्षका अनुसार यो फिल्म आगामी असोज ५ गतेबाट दर्शकमाझ रिलिजमा आउनेछ । यो फिल्ममा केशव भट्टराई, मुक्ति तिमिल्सिना, मधु क्षेत्री, धर्मराज अधिकारीको संयुक्त लगानी रहेनछ । यो फिल्मले एक यात्राको कथालाई पर्दामा प्रस्तुत गर्नेछ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।