गजल
समुन्द्रमा नून छ प्रयाेग बिहीन छ ।
मकैमा घुन छ प्रयाेग बिहीन छ ।।
हिजाे सुत्केरी रगत नपाएर मरिन ।
युद्धमा खुन छ प्रयाेग बिहीन छ ।।
काकी नै दुस्मन बनी बनबास भयाे ।
काका संग गुन छ प्रयाेग बिहीन छ ।।
के छ र नहुने गरेमा काम स्वदेशमा ।
ढुङ्गा संग चुन छ प्रयाेग बिहीन छ ।।
सधै अन्धकारमा बितेकाे छ जीवन ।
अाैंसि पछि जुन छ प्रयाेग बिहीन छ ।।
गणेश भण्डारी स्मारिका
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत