काठमाडौं । संसारका मानव जातिका आदर्श पुरुष गौतम बुद्धका अरबौं अनुयायीहरु रहेका छन् । आज भन्दा झण्डै २६ सय वर्ष पहिले नेपालको कपिलबस्तु जिल्लाको तिलौराकोटमा जन्मिएका थिए गौतम बुद्ध ।
उनका कालजयी वाणीहरु छन् जसलाई पढेर र बुझेर हामीले हाम्रो जीवनको बाटो बदल्न सक्छौं । सोच्ने तरिकाको कसीमा हामी कहाँ छौं हाम्रो अवस्था पनि स्पष्ट हुन्छ । यहाँ गौतम बुद्धका चर्चित २४ भनाईहरु प्रस्तुत गरिएको छ-
१. शान्ति आफैं भित्रबाट आउँदछ । यसलाई बाहिर नखोज ।
२. हामी जे सोच्दछौ उही बन्दछौं ।
३. यदी आफैंलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौ ।
४. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।
५. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।
६. त्यही व्यक्ति धार्मिक हो जसले अरुका निम्ति त्याग गर्न सक्छ ।
७. बितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।
८. लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।
९. यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतः उपस्थित हुन्छ ।
१०. हामी आफ्नो रिसका लागि होइन रिसद्वारा दण्डित हुन्छौं ।
११. घृणा घृणाद्वारा घट्दैन बल्कि यो प्रेमद्वारा घट्दछ, यो शास्वत नियम हो ।
१२. हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौं, त्यही बन्दछौं ।
१३. जो मानिस अर्काको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ति मिल्दैन ।
१४. हाम्रो बाटो आकाशतर्फ होइन, आफ्नै हृदयतर्फ हुनुपर्दछ ।
१५. मैले यो हेर्दिन कि के-के गरिसकेँ, मैले यो हेर्दछु कि के-के गर्न बाँकी छ ।
१६. हजार खोक्रा शब्दहरूभन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ ।
१७. जिब्रो एउटा त्यस्तो छुरी हो जसले रगत ननिकाली काट्न सक्छ ।
१८. विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाउ ।
१९. एउटा पूरै गाग्री थोपा थोपा पानीले भरिने हो ।
२0. हज्जारौं मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाँढ्दा बढ्ने गर्छ ।
२१. स्वास्थ्य सबैभन्दा महान् उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।
२२. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिँदैन न त परीद्वारा न त प्रेतद्वारा ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।