नेपाल समाचारपत्र, लमजुङ । लमजुङमा वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परेका दुधपोखरी गाउँपालिका– १ का वडा सदस्य भरतप्रसाद भट्टराई जेल चालन गरिएको छ । उनलाई प्रहरीले सोही वडाको माझीबारी गाउँ स्थित आफ्नै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो ।
उनी विरुद्ध यसअघि वैदेशीक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणबाट डेढ लाख जरिवाना र १ वर्ष ५ महिना २७ कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताउनु भयो । उहाँका अनुसार निज भटराईले सो मुद्दामा पुनरावेदन गर्ने म्याद समेत गुजार गरी बसेको कारणले जेल बस्नु र जरिवाना तिर्नुको विकल्प छैन ।
स्थानीय तहको निर्वाचन अघि जिल्ला नै उक्त फैसला भए पनि उनी पक्राउ परेका थिएनन् । प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न ताकेता गरेपछि उनी पक्राउ परेको प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए ।
स्थानीय वागिश्वरी माध्यामिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेको उनी नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।