समाचारदाता,
दाङ २३ असार
एमाले. नेता शंकर पोख्रेलले स्थानिय तहको निर्वाचनमा एमाले सबै भन्दा ठूलो दल भए पनि अन्य सबै दलको साथ र सहयोगमा अघि बढ्ने बताउनु भएको छ । विहान घोराहीमा आयोजीत पत्रकार सम्मेलनमा एमाले नेता पोख्रेलले निर्वाचनको समयमा प्रतिष्पर्धा गरे पनि दाङको समग्र विकासका लागी दलहरु एक हुनुको बिकल्प नभएको बताउनु भयो । कुनै एक दलको प्रयासले मात्रै दाङलाई प्रादेशिक राजधानी बनाउन नसकिने भन्दै उहाँले कम्तीमा प्रमुख तिन दल एक भएर तत्काल ५ नम्बर प्रदेशको मुकाम दाङमा राख्ने घोषणा गर्न सरकारलाई दबाब दिनु पर्ने बताउनु भयो । उहाँले घोराही र तुलसिपुर उप महानगरपालीकाले औपचारिक रुपमै दाङमा ५ नम्बर प्रदेशको मुकाम तोक्न सरकारलाई सिफारिस गर्ने बताउनु भयो ।