समाचारदाता,
दाङ २३ असार । जिल्ला कृषि विकास कार्यालय दाङले कृषकहरुलाई आधुनिक कृषि औजार वितरण गर्नेभएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत एक करोड ६० लाख बाराबरका विभिन्न कृषि औजारहरु बितरण गर्न लागेको कार्यालयका योजना अधिकृत तिलक केसीले जानकारी दिए ।
जिल्लामा सञ्चालित धानवाली विकास ब्लक कार्यक्रम मार्फत जोत्नकालागि प्रयोग हुने पावर टेलर, टेक्टर र धान दाउने थ्रेसर, धान कुट्ने मिल लगायतका कृषि औजार वितरण गर्न लागेको योजना अधिकृत केसीले बताए ।
कार्यालयले शुक्रबार नै एक कार्यक्रमकाबीच साविक ढिकपुर, रामपुर र लक्ष्मीपुरका ब्यवसायीक कृषक, कृषक समूह र सहकारी संस्थाहरुलाई ती कृषि औजार बितरण गर्ने छ । घोराहीका नवनिर्वा्चित नगर प्रमुख नरुलाल चौधरी मार्फत कृषि औजार बितरण गर्ने कार्याक्रम रहेको कार्यालयले जनाएको छ ।
पावर टेलर २० थान, ठूलो टेक्टर र धान दाउने थ्रेसर ३÷३ थान तथा धान कुटाउने मिल र रोटावेटर ४÷४ थान बितरण गर्न लागेको कार्यालयका बरिष्ठ कृषि विकास अधकिृत दिपक कुमार शर्माले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र कृषकहरुको ५० प्रतिशत सहभागीतामा कृषि औजार वितरण गर्न लागेको उनले बताए ।
‘जिल्लामा धान उत्पादनमा उल्लेख्य बृद्धि गर्नकालागि सहयोग पुग्ने अपेक्षा सहित आधुनिक कृषि औजार अनुदानमा वितरण गर्न लागेका हौं’, शर्माले भने । प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत दाङमा धानको ब्वलक (ब्यवसायीक उत्पादन केन्द्र) तोकिएको छ । सोही केन्द्रलाई लक्षितगरी दाङका एकवटा कष्टम हायरिङ् सेन्टर (कृषि औजारलाई भाडामा दिने ठाउँ) र एकवटा पोष्ट हार्वेस्टर सेन्टेर (वालीनाली भित्राउने र दाउने मेसिन औजार भाडामा दिने ठाउँ) तोकिएको छ ।
ती केन्द्रहरुको सञ्चाक जिल्लाका चारवटा सहकारी संस्थाले कृषि औजारहरु कृषकहरुलाई भाडामा उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको कार्यालय प्रमुख शर्माले जानकारी दिए ।परियोजना अन्र्तगत कष्टम हायरिङ् सेन्टरमा जमिनको तयारी देखि विउ मल छर्ने, रोप्ने, गोडमेल गर्ने र वाली भित्राउने सम्मका औजारहरु क्रमैसँग ब्यवस्था गरिने कृषि विकास कार्यालयले जनाएको छ ।
कृषि मजदुर तथा जोत्नकालागि गोरु नपाउँदा बर्षेनी जमिन बाँझिदै गएको अवस्थामा वितरण गरिएका आधुनिक कृषि औजारले जिल्लाको धान लगायत अन्य खेती हुने जमिनको क्षेत्रफल बढाउने अपेक्षा गरिएको छ । परम्परागत रुपमा गरिदैं आएको खेतीबाट परिवार नै चलाउन कृषकलाई धौ–धौ भइरहेको समयमा सरकारले सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले कृषिलाई व्यवसायीकतातिर लैजान सहयोग पुग्ने विश्वास गरिएको छ