नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा अपांगता भएका व्यक्तिलाई लक्षित गरी आश्रम स्थापना गरिएको छ ।
देशका कुनै पनि ठाउँमा रहेका अपांगता भएका व्यक्तिले आश्रय लिन पाउने गरी कावासोती नगरपालिका–८ मा अपांगता आश्रम स्थापना गरिएको हो । मौलाकालिका अपांग सेवा संस्थाद्वारा सञ्चालित सो आश्रमबाट अपांगता भएका व्यक्तिलाई निकै सहजता हुने अपेक्षा गरिएको संस्थाका अध्यक्ष कृष्णकुमार रोक्काले बताउनुभयो ।
कूल ५० जना क्षमताको आश्रमबाट शिक्षा, स्वास्थ्य, खानेपानीलगायत अन्य आधारभूत सेवामा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य संस्थाको रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।