ललितपुर । पदाधिकारी मनोनयनका लागि नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक शुरु भएको छ । निर्वाचन समीक्षा गर्न चैत ९ गतेदेखि पटक–पटक गरेर एक महिने बैठक आइतबार समापन गर्दै सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि आज बैठक डाक्नुभएको हो ।
अहिले केहीबेरअघि पार्टी कार्यालयमा शुरु भएको बैठकमा देउवाले रिक्त पदाधिकारी नियुक्तिको प्रस्ताव पेश गर्नुहुने केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिनुभयो ।
तर परामर्शविनै देउवाले निर्वाचित पदाधिकारीको बैठक बोलाएको प्रति नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । सभापति निर्वाचित भएको २६ महिनापछि देउवाले रिक्त पदाधिकारी नियुक्त गर्ने तयारी गर्नुभएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।