नेपाल समाचारपत्र, ललितपुर ।
जनप्रतिनिधि आएको एक वर्ष हुन लाग्दा पनि ललितपुर महानगरपालिकाको कामकारवाही खासै प्रभावकारी र नया“पन पाउन नसककेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
ललितपुर महानगरपालिकाका सहयोगमा ताम्रकार समाजले आयोजना गरेको उद्घोषण तालिमको समापन समारोहमा सम्बद्ध वक्ताहरुले सो कुरा बताएका हुन् । स्थानीय निकायबाट स्थानीय तहमा रुपान्तरण हु“दा पनि कामकारवाही र सेवा प्रवाह खासै चुस्त दुरुस्त नभएको भन्दै जनप्रतिनिधिको कामकारवाही खबरदारी गरेका थिए ।
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन समक्ष ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले जनताले अहिले सम्म स्थानीय तह अधिकार सम्पन्न र जनप्रतिनिधि भएका अनुभूत गर्न नसकेको बताउनुभयो । उहा“ले महानगरपालिकाले स्थानीय समुदायलाई विश्वासमा लिएर अगाडी बढनुपर्ने उल्लेख गर्दै स्थानीय जनताको समस्या एकातिर, महानगरपालिकाको योजना मोनोरेल, फ्रलाईओभरमात्र केन्द्रीत भएकोमा गुनासो गर्नुभयो । सबैलाई समेटिएर नगरको विकास गर्दै सांस्कृतिक र पर्यटकीय नगरी बनाउनुपर्ने दिशामा महानगरपालिका अघि नबढेको पनि अध्यक्ष ताम्रकारले बताउनुभयो ।
सो अवसरमा महानगरपालिकाका प्रमुख महर्जनले नीति नियम, ऐन कानूनको अभावमा स्थानीय तहले चाहेर पनि काम गर्न नसकिरहेको बताउनुभयो । कर्मचारीतन्त्र पनि खासै सहयोग नगरेको पनि प्रमुख महर्जनको गुनासो रहेको छ । उहा“ले जनताका चाहना, इच्छा आकांक्षा पूरा गर्न नपाएकोमा दुख व्यक्त गर्दै अब उप्रान्त गुनासोको मौका नदिइने बताउनुभयो ।
महानगरका २४ नं. वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक दिनेश कार्की, प्रशिक्षकहरु राजभाई जकमी, रोशननवीन ताम्रकार, गीता क्षेत्री, समाजका शिक्षा संयोजक प्रवल ताम्रकार लगायत आ आफ्नो भनाई राख्नुभयो । प्रभावकारी वतृत्व कला तथा उदघोषण तालिम, एकाउन्टीङ्ग सफ्टवेयर ट्याली तालिममा गरी ३४ जवान प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । सो अवसरमा समाजका १३ जवान जेहन्दार तथा आर्थिक स्थिति कमजोर विद्यार्थीहरुलाई रु दुई लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।