कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा रेविज बिरुद्ध भ्याक्सिनको आभाव भएको छ जसका कारण बिरामीहरु प्रत्यक्ष मारमा परेका छन् ।
घरपालुवा तथा छाडा छोडिएका जनावरको टोकाइको सिकार बनेकाहरु अस्पताल आउने क्रम बढेको भएपनि मध्य तराईमा स्वास्थ्य सेवा केन्द्रको रुपमा प्रचलित नारायणी उपक्षेत्रीय अस्पतालमा भने रेविज विरुद्धको भ्याक्सिन (एन्जीरेविज भ्याक्सीन)को अभाव देखिएको हो । अस्पतालमा भ्याक्सिन आभाव भएको कारण सेवाग्राहीहरु मार्कामा परेका छन् र महँगो शुल्कमा अन्य स्थानहरुबाट भ्याक्सिन किन्न बाध्य बनेका छन् ।
अस्पताल अन्तर्गत रहेको रेविज भ्याक्सिन दिने कक्ष बाहिर भ्याक्सिन सकेकोले सेवा उपलब्ध नरहेको सूचना टाँस गरिएको छ । अस्पतालले मध्यमाञ्चल क्षेत्रीय मेडिकल स्टोर हेटौडाबाट प्रत्येक महिना ८ सय भ्याक्सिन प्राप्त हुनेगरेको तर यस महिना केवल ४०० भ्याक्सिन प्राप्त भएको र प्राप्त भ्याक्सिन समाप्त भएको कारण सेवा बन्द गरिएको उक्त सूचनामा नै उल्लेख गरिएको छ ।
अस्पतालमा सेवा लिन आएका बहुदरमाई नगरपालिका वडा नं ७ भौराटारका शिवपुजन यादवले आक्रोश व्यक्त गर्दै अस्पतालबाट सेवा प्राप्त नभए पछि अन्य स्थानबाट भ्याक्सिन लिनु परेको बताए ।यद्यपी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले भने क्षेत्रीय स्वास्थ्य कार्यालयमा उक्त भ्याक्सिनको माग भएकाले केही दिनमा नै संचालनमा आउने जिकिर गरे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।