नेपाल समाचारपत्र
काठमाडौं
रािष्ट्रय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसबीच शिष्टाचार भेटघाट भएको छ।
अध्यक्ष तिमिल्सिना र राजदूत मोरिसबीच अध्यक्षको कार्यकक्षमा दुई देशको सम्बन्ध र बेलायती संसदीय प्रतिनिधिमण्डलले पर्सि आइतबारदेखि गर्ने नेपाल भ्रमणबारे कुराकानी भएको थियो।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेलायतबीचको कूटनीतिक सम्बन्ध र दुई देशबीचको साझेदारीबारे स्मरण गर्नुभएको थियो। उहा“ले दुई देशका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एक–अर्काको स्वतन्त्रता, स्वाधीनता र परस्पर सहयोगमा आधारित रह“दै आएको बताउनुभयो।
दुई देशबीच बेला–बेलामा हुने उच्चस्तरीय भेटघाट नै दुई देश बीचको सम्बन्धलाई अझै प्रगाढ बनाउ“दै लागेको बताउ“दै अध्यक्ष तिमिल्सिनाले नेपालको संसद् र बेलायतको संसद् बीच पनि सुमधुर सम्बन्ध रहेको बताउनुभयो।
उहा“ले नेपालको संघीय संसद् दुई सदनात्मक रहेको जानकारी गराउ“दै दुई सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको भूमिकाबारे बताउनुभयो। उहा“ले बेलायती प्रतिनिधि मण्डलको नेपाल भ्रमणले दुई देशका सदनबारे अनुभव आदान–प्रदान हु“दा दुवै पक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। ‘दुई दिनपछि २३ वैशाखमा बेलायती संसदीय प्रतिनिधिमण्डलले नेपालको सद्भावना भ्रमण गर्दै छ भन्ने खबर प्राप्त भएको छ’, उहा“ले भन्नुभयो– ‘यसले मलाई खुसी बनाएको छ र सोको तयारी सचिवालयले गरिरहेको छ, हामी उहा“हरूलाई स्वागत गर्न तत्पर छौं।’
नेपालको भौतिक एवं आर्थिकलगायतका विकासका हरेक आयामहरूमा बेलायतको सहयोग उल्लेखनीय रहेको र यस प्रकारको सहयोग निरन्तर रहने नेपालको अपेक्षा रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो।
त्यसै गरी उहा“ले ब्रिटिस गोर्खाले बेलायतको सेनामा रहेर गरेको योगदानले दुई देशको सम्बन्धलाई मजबुद बनाउन सहयोग गरेको बताउ“दै सबै सेनालाई समान व्यवहार हुनुपर्ने धारणा राख्नुभयो।
भेटमा बेलायती राजदूत मोरिसले दुई देशको सम्बन्ध मजबुद बनाउन बेलायत तत्पर रहेको बताउ“दै आगामी दिनमा पनि विकासमा साझेदारी गर्न तयार रहेको बताउनुभयो। उहा“ले आइतबारदेखि हुने बेलायती प्रतिनिधि मण्डलको भ्रमणमा दुई देशको सम्बन्ध तथा संसदीय अभ्यासबारेको अनुभव साटासाटले सम्बन्ध मजबुद बनाउने बताउनुभयो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।