सोनकलि थारु
२८ असार सुनवल । जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासी र अस्थायी ट्राफिक प्रहरी पोष्ट सुनवलको आयोजनामा साताब्यापी ट्राफिक दुर्घटना न्युनिकरण एवम सवारी ब्यावस्थापन सम्बन्धि सचेतनामुलक कार्यक्रम आज स्थायी ट्राफिक प्रहरी पोष्ट सुनवल चैराहाको प्रंगणमा सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीका प्रमुख प्रहरी निरिक्षक धर्मेन्द्र रावलको अध्यक्षता, सुनवल नगरपलिकाका मेयर भिमबहादुर थापा भरतको प्रमुख अतित्थ्यता,इलाका प्रहरी कार्यलय सुनवलका प्रमुख एवम प्रहरी निरिक्षक जेसी शाह,मध्य नेपाल बस ब्यावसायी समितिका अध्यक्ष ऋषि पौडेल, नेपाली काग्रेस,नेकपा एमाले , बुद्धिजिबी समाजसेबी लागायातका प्रतिनिधिहरुको अतित्थ्यता रहेको थियो ।
कार्यक्रममा वार्ड नं ३ का वडा अध्यक्ष कर्ण बहादुर ठाकुरी ,नेकपा एमाले जिल्ला उप संयोजक थानप्रसाद गैरे, मध्य नेपाल बस ब्यावसायी समितिका अध्यक्ष ऋषि पौडेल लगायतले शुभकमना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि धेरै दुर्घटना लापरबाहीबाटै भएको बताउदै यसलाइ न्युनिकरण गर्ने ,बिद्यालय स्तरबाट जनचेतना जगाइने ,बजार ब्यावस्थापन गरिने , ग्यारेज र बसपार्कको यथासिघ्र ब्यावस्थापन गरिने बताउनुभएको छ । यस्तै अध्यक्ष प्रहरी निरिक्षक धर्मेन्द्र रावलले ट्राफिक चेतना अन्तगर्त पश्चिममा कपिलबस्तुसम्म गरिने सप्ताहब्यापी कार्यक्रम मध्ये तेस्रो चरणमका नवलपरासीको सुनवलमा गरेको बताउदै ३ प्रतिशत मात्रै दुर्घटना न्युनिकरणमा ट्राफिकको भुमिका रहने बताउदै ९७ प्रतिशत नगरपलिकका सडक बिभाग ,सर्बसाधारण लगायातको भुमिका रहने बताउनुभएको थियो । कार्यक्रमको संचालन सुनवल अस्थायी ट्राफिक पोष्टका प्रहरी नायब निरीक्षक रेशम बहादुर रानाभाटले गर्नुभएको थियो।
सवारी गति सिमित राखौ आफु पनि बचौ र अरुलाइ पनि बचाऔ भन्ने मुलनाराको साथमा बिभिन्न प्लेकार्ड ,ब्यानर सहित बिभिन्न संघ सस्था ,बिद्यार्थी ,आमासमुह ,सर्बसाधरणले प्रभात रयाली गरेका छन ।कार्यक्रममा पुर्बमा तिरुपति पेट्रोल पम्प ,पश्चिममा लक्ष्मीपथ ,दक्षिणमा परासी बस स्टेण्ड ,उत्तरमा पुरानो बजार लगायात ठाउमा प्रभातफेरि गरी पुन सुनवल चौराहामा आएर कोण सभामा परिणत भएको प्रहरी नायब निरिक्षक कृष्ण पाण्डेले जानकारी दिनुभएको छ ।