यो सवारी साधन राष्ट्रपति भण्डारीले संसद सुविधाको नाममा लिएको सवारी साधन हो । अहिले अवैध रुपमा विक्रि गरिएको फेला परेको छ ।
अषाढ २८,काठमाडौं । संसद तथा राज्यको विभिन्न अंगमा भएका व्यक्तिहरुले पाउँदै आएको भन्सार कर छुटको सवारी साधन व्यापक दुरुपयोग हुँदै आएको छ । यहि दुरुपयोग गर्नेहरुको पंक्तिमा यतिवेला राष्ट्रपति विद्यादेवी भण्डारीसमेत संलग्न भएको रहस्य तीव्रखबरले फेला पारेको छ ।
राज्यलाई तिर्नुपर्ने कर नतिरी कर छुट सुविधाको सवारी साधन निजी प्रयोगको लागि खरिद गर्ने गरिएको भएतापनि त्यस्ता सवारी साधनहरु बेचेर दुरुपयोग गर्नेहरुको फेहरिष्टमा लामो छ । यतिवेदा राष्ट्रपतिलाई महंगो सवारी साधनको माग भैरहँदा भएको तीव्र आलोचनासंगै उनले संसद सुविधामा खरिद गरेको सवारी साधन २३ लाखमा विक्री गरेर दुरुपयोग गरेको खुलासा भएको हो ।अहिले अवैध रुपमा विक्रि गरिएको फेला परेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा मिति २०५३ अशोज २० गते संसद सुविधा अन्तर्गत दर्ता कायम भएको बा २ च ९५७५ नम्बरको ल्याडक्रुजरलाई उनले झापा विर्तामोड स्थायी घर भई हाल काठमाडौं सरस्वतीनगर बस्ने मेगेन्द्रराज लिङदेनलाई विक्री गरेको बर्षौ भईसकेको छ ।
सुविधाको सवारीसाधन भएको र पास गर्न नमिल्ने भन्दै राष्टपति भण्डारीले घरायसी कागज बनाएर बेचबिखन गरेको तीव्रखबरलाई प्राप्त कागजातमा उल्लेख छ । राष्टपति भण्डारीले सुविधाको सवारी साधन यसरी दुरुपयोग गर्दे बेचबिखन गर्दै अर्काे सुविधाको सवारी साधनपनि खरिद गरेको बताइएको छ । सुविधाको दुरुपयोगका थप समाचार तीव्रखबरले खोजी गरिरहेको छ ।
श्रोत : तीव्रखबर