धनवीर दाहाल, रुकुम ।
नेपाल रेडक्रस सोसाइटी रुकुम शाखाले रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बिशेष कार्यक्रम संचालन गरेको छ । सामाजिक सेवामा लागेको रेडक्रसले खानेपानी व्यवस्थादेखी मुहान संरक्षण र बिभिन्न जनचेतनामुलक कार्यक्रम पनि संचालन गरेको छ ।
खानेपानीको चरम समस्या भोग्दै आएका चौरजहारी अमलाटाकुरामा खानेपानी मिटर सिस्टमबाट २७ लाखको लागतमा खानेपानी पुर्याएको हो । यसै गरी लहरे सिमलमा आकाशेपानी संकलनको व्यवस्था समेत गरेको छ । यसै गरी रेडक्रसले बिजयश्वरीमा निमाविका लागी २ कोठे शौचालयको व्यवस्था गरेको छ । मावि खहरेमा २ कोठे शौचालय र चौरजहारी नगरपालिका २ मा ६ हजार घनमिटरको ट्यांकी निर्माण गरेको हो ।
यस्तै विजयश्वरी हेल्थ पोष्ट २ कोठे पक्की शौचालय,विजयश्वरी हेल्थ पोष्ट फोहार जलाउने इन्सीनेटर,विजयश्वरी हेल्थ पोष्टलाई र्आजार उपकरण सहयोग गरेको छ भने अमला टाकुरा २ कोठे शौचालय सहित गाउँघर क्लिीनिक भवन निमार्ण गरेको छ ।
प्रत्येक वडामा सुरक्षित मातृत्व कोष रु ५००० का दरले स्थापना गर्नुका साथै आँखा शिविर संचालन गरी ९७ जना अप्रेशन र ७०० जना उपचारको उपचार गरेको रेडक्रसले जनाएको छ । यसै गरी बिभिन्न जनचेतनामुलक कार्यक्रम पनि संचालन गरेको हो । एच.आई.भि सम्बन्धी बिद्यालयहरुमा तथा समुदायमा कक्षा संचालन गरेको छ ।
यस्तै भुकम्प सम्बन्धी तालिम सहभागी संचालन गरेको रेडक्रसका चौरजहारी संयोजक बसन्त बिनोद शर्माले बताए । यसै स्वास्थ्य आमा समुहलाई स्टेचर सहयोग गरेको पनि उनले बताए । यसलाई अझै व्यापक गर्ने तथा अन्य ठाउँमा बढाउने जिल्ला संयोजक डिलबहादुर शाहीले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।