बिराटनगर । रातो तारा डट कम, वेब सफट आइटी सन्चालक बिराटनगरका भवेश मण्डलको घरमा आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । बिराटनगर ८ हाटखोला कारागार पछाडि २२ गते राति करिव १० बजे आइटीका प्रोपराइटर भवेश मण्डल घरमा नभएको बेला सिरोमणी कटुवाल, भन्ने रन्जन पासवान समेतका करिव ज्ञण्रज्ञद्द जनाको समुहले कार्यालय भित्र पसेर तोडफोड गर्नुका सथै निजका भाई चन्दन मण्डललाई घाइते कुटेर घाईते बनाएको पिडितले बताएका छन ।
यता भवेश मण्डलले रन्जन पासवानको नाम किटान गरेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताएका छन ।
भवेश भण्डलले आफु बाहिर भएको समयमा तोडफोड भएको र भाईमाथि हातपात भएको बताएका छन । घाइते चन्दन मण्डलको उपचार भइरहेको बताइएको छ । आक्रमणकारीले चन्दन मण्डलमाथि हातपालका साथै १ लाख बराबरको सुचना प्रविधि सम्बन्धि सामाग्री तोडफोड गरि क्षति पुर्याएका छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।