काठमाडौं । गायक वीरकृष्ण लवटको चर्चित गीत ‘टोखा बजार’ को म्युजिक भिडियो चाँडैनै दर्शकमाझ सार्वजनिक हुँदैछ । ‘टोखा बजार’ गीतको छायाङ्कन सकिसकेको छ भने अहिले सम्पादनको काम भईरहेको गायक लवटले जानकारी गराएका छन् ।
गायक लवटको यो गीतले काठमाडौंको टोखा क्षेत्रको बारेमा वर्णन गर्नेछ । ‘टोखा बजार’ गीतको बारेमा कुरा गर्दै गायक लवटले भने, ‘टोखाको एउटा छुट्टै पहिचान रहेको छ । टोखा विभिन्न मठ मन्दिरले सजिएको एउटा सुन्दर नगरी हो । आउँदै गरेको ‘टोखा बजार’ गीत यसै सेरोफेरोम बनेको छ ।’
त्यस्तै गायक लवटले बिषेश गरी टोखा क्षेत्रलाई चिनाउने हिसावले ‘टोखा बजार’ गीत बजारमा ल्याएको बताउँदै उनले भने, ‘बिषेश गरी यो गीत मैले टोखालाई चिनाउने गरी गाएको छु । टोखाको भेग्नै पहिचान र संस्कृती बोकेको कुरालाई यो गीतमार्फत दर्शकमाझ ल्याउन लागेको हुँ ।’
‘टोखा बजार’ गीतको शब्द, संगीत र कम्पोजिशन गायक लवटको आफ्नै रहेको छ । गायक लवटले बजारमा ल्याउन लागेका यस गीतको भिडियोमा सुजन र समिताको फिचरीङ छ, भने उनीहरुलाई सरस्वती धेमा परिवारका कलाकारहरुले साथ दिएका छन् ।
गायक लवटको यो गीतको भिडियोलाई किरणको निर्देशनमा समिर डंगोलको नृत्य निर्देशन रहेको छ ।
गायक लवटको यो गीतले बैशाख १ गते देखि ४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा लाग्ने बिस्केट जात्राको बारेमा वर्णन गर्नेछ । ‘टोखा बजार’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युभ र फेसबुक दुवैमा सार्वजनिक हुने गायक लवटले जानकारी गराएका छन् ।
गायक लवटले नेपाली गीत संगीतको बजारमा ‘म त होईन तिम्रो’, माया मेरी साह्रै राम्री, मेरी मायालु लगाएतका गीतहरुको भिडियो ल्याईसकेका छन् । साथै गायक लवटको ‘टोखा बजार’ गीतको अडियो पनि युट्युभमा पहिल्यै सार्वजनिक भईसकेको छ ।
गायक लवटले ल्याउँदै गरेको ‘टोखा बजार’ गीतको भिडियोले पनि दर्शकहरुको मन जित्ने आशा राखेका छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।