धनवीर दाहाल, रुकुम । नेपाल निर्माण व्यवसायी संघ कर्णाली प्रदेशका महासचिव डिल्ली के.सीले निर्माण व्यवसायीहरुको निर्बाचन तोकिएको समयमा हुनुपर्ने बताएका छन् ।
महासंघको बिधानतह क्षेत्रिय तथा समितीलाई प्रदेश अन्र्तगत लिनुपर्ने भन्दै उनले तोकिएको समयमा निबार्चन भएन भने बैधानिक संकट हुने बताए । उनले भने “निर्माण बयबसाय महासघको चुनाब तोकियको समयमा हुन जरुरी छ । आगामी जेठ १०,११ र १२ गते २०औं साधारण सभा चता अबिधेशन गर्ने तय गरिसकेको अवस्थामा कुनै पनि बहाना गर्न आबश्यक छैन ।”
महासघ हाल मौजदा रहेको क्षेत्रिय कार्यसमिति मा १९ जना रहेको समयमा महासघको बिधान ले तत्काल क्षेत्रिय सघलाई रुपान्तरण गरि प्रदेश महासघ कायम गरेको समयमा पर्देश महासघहरुलाइ अस्थायी मानिनु गलत भएको उनले बताए । यसैले प्रदेश महासघहरु क्षेत्रिय सघकै निरन्तरता भयको हुदा प्रदेश महासघले महासघको साधरणसभा मा भाग लिनको लागि पुनः दर्ता भइरहन नपर्ने पनि उनले बताए ।
यदि महासघको पत्रचार अनुसार दर्ता भई आउनुपर्ने हो भने १९ जना सदस्य हरु अहिलेको बिधान अनुसार कार्य समितिमा नरहने भयको हुदा बर्तमान कार्यसमिति ले र १९ जना सदस्यहरु निस्कासन गरेर कुनै पनि निर्णय गर्ने अधिकार नभयको महासचिव के.सीको धारणा छ । के.सीले तोकियको समयमा निर्बाचण गर्नु अहिलेको आबश्यकता र निर्माण व्यवसाय को हितमा रहने भएकोले सबै निर्माण व्यवसायीहरु एक जुट हुनुपर्नेमा जोड दिए । यदि तोकियको समयमा चुनाब भयन भने विशेष शाधरणसभा बोलायर पुरानो कार्यसमिति हटायर नया ढङगबाट अगाढि बढ्ने चुनौती समेत उनले दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।