देवी भण्डारी
दाङ ३० असार । मतदाता हुन योग्य नागरीकहरुको लागी निवार्चन कार्यालय दाङले फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । जिल्ला निर्वाचन कार्यलय दाङले आज घोराहीमा सरोकारवालसंग अन्तरक्रिया कार्यक्रम गरी फोटो सहितको मतदाता नामावली यहि साउन १ गते देखी १५ गते सम्म संकलन गर्ने जानकारी गरायको हो । साथै कार्यक्रममा कस्ता व्यक्तीलाई मतदाता भन्ने , मतदाता नामावली के भन्ने बारे जानकारी गराईएको थियो । मतदाता नामावली दर्ता गर्न जादा नेपाली नागरीकताको प्रमानपत्रको फोटोकपी लिएर जिल्ला निवाचन कार्यालयमा पुगेर आफ्नो मतदाता नामावली दर्ता गराउन जिल्ला निवाचन कार्यालयले सम्र्पुण दाङबासीमा आग्रह गरेको छ । साथै यही समयमा मृत्यु भएकाको नामावली हटाउने, बसाईसराई गरी अनेत्र गएकाहरुले पनि आफ्नो पायक पर्ने ठाउमा सार्न सकिने जिल्ला निवाचन कार्यालय जानकारी दिएको छ । तेस्तै दर्ता गराएको विवरण सहि छ वा छैन भन्नेजानकारीको लागी निवाचन आयोगको वइव साइड धधध।भभिअतष्यल।नयख।लउ मा गएर जानकारी लिन सकिने बताएको हो । जिल्ला घोराहीमा भएको सरोकारवालसंग अन्तरक्रिया कार्यक्रम प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको अध्यक्ष्तामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण जिल्ला निर्वाचन कार्यलयका विजय कुमार कार्कीले गनुभएको थियो ।