देवी भण्डारी
दाङ ३० असार । जिल्ला वनकार्यलय दाङले आज एक कार्यक्रमका विच दाङ जिल्लाका दश वटै स्थानीय तहमा निवार्चित नगर प्रमुख तथा पालिका प्रमुखहरुलाई स्वागत तथा सम्मान गरेको छ ।स्थानीय विकास अधिकारी कुलबहादुर जि सीको प्रमुख आथित्यता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको प्रमुख आतित्यतामा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला वन कार्यालय दाङका प्रमुख सुर्यकान्त सिग्देलको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा जिल्ला वन कार्यालय दाङले आर्थिक वर्ष २०७२, ७३ मा भएको प्रगती विवरण सहायक वन अधिकृत हरिप्रसाद गौतम्ले प्रस्तुत गर्नुभएको थियो ।
कार्यालयको वार्षिक कार्य विवरण भुसंरक्षण कार्यालयका सरद बावु पंगेणीले प्रस्तुत गर्नुभएको थियो । तेस्तै कार्यक्रमा असार २९ र ३० गते गरिएको वन निरिक्षण पछिको फईदा तथा बेफईदाको बारेमा पत्रकार सन्तोस सुबेदीले जानकारी गरउनु भएको थियो । साथै कार्याक्रममा दाङमा मात्र २ लाख हेक्टर वन रहेको र उचित संरक्षण गर्नसके दाङले आर्थिक उपाजर्नको लागी अन्य क्षेत्रको भर पर्नु नपर्ने कार्यक्रममा जिल्ला वन कायाृलयका प्रमुखले सिग्देलले जानकारी गराउनु भएको थियो । दाङमा वार्षिक १५प्रतिसत सालको रुख र खयरको रुखबाट मात्र आम्दानी गर्न सकिने तथा दाङमा सीमसारको संरक्षण गर्न जरुरी एवम् दाङमा देखिएको वन अतिक्रमण नियन्त्रण र वन विस्तारमा ध्यान दिन रहेको पनि जानकारी गराउनु भएको थियो । साथै दाङमा यो आर्थिक वर्ष देखि श्रीखण्ड र माला गेडी जडीबुटी खेती शुरु गरिएको सुर्यकान्त सिग्देलले जानकारी दिनु भएको थियो ।
तेस्तै कार्याक्रमा बोल्दै घोराही उपमाहानगर पालिकाका प्रमुख नरुलाल चौधरीले विगतमा के भए भन्दा पनि अव हामीले के गर्ने भन्ने सोच्न जरुरी भएकोमा जोड दिनुभएको थियो । साथै मानवलाई प्रकृतिले जति आनन्द कुनै पनि भौतिक चिजले दिन नसकने भन्दै वन वातावरण्(ा र प्राकृतिको संरक्षणको आवश्यक भएको बताउनु भएको थियो । कार्यात्रममा उपस्थित जन प्रतिनिधिहरुले पनि आ आफ्नो क्षेत्रको वन क्षेत्रमा देखिएको समस्याको बारेमा जानकारी गराउनु भएको थियो । कार्यत्रमको सहजीकरण जिल्ला वन समान्वय समितिका माधव तिमलसीनाले गर्नु भएको थियो ।