काठमाडौं । आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । महानगरिय प्रहरी अपराध महासाखाले बर्दिया गोला गाविस २ घर भएका दर्न बहादुर क्षेत्रीलाई राजधानी काठमाडौंबाट पक्राउ गरेको हो ।
क्षेत्रीले आफ्नी श्रीमती रेशमकला रोकायलाई रडले प्रहार गरी हत्या गरेका थिए । प्रहरी अनुसन्धानमा थाहा भए अनुसार उनले आफ्नी श्रीमती अर्को पुरुषसँग लागेको भन्दै मध्यरातमा श्रीमतीलाई सुतिरहेको बेला रड प्रहार गरी हत्या गरेका थिए ।
प्रहरीका अनुसार मृतक रोकाय र क्षेत्रीविच ११ वर्षअघि प्रेम विवाह भएको थियो । गत वैशाख १५ गते उनले मध्यरातको ३ बजे सुतिरहेकी आफ्नी श्रीमतीमाथि रड प्रहार गरी हत्या गरेका थिए ।
श्रीमतीको हत्या गरेपछि उनी फरार रहेका थिए । उनलाई महासाखाको टोलीले आज पक्राउ गरेको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।