बीरबहादुर बम ,मुगु ।
बैशागको पहिलो सात लागे देखि मुगुको उच्च हिमालि बन क्षेत्रमा मा गुच्छे च्याउँ टेप्नेको संख्याले भरि भराउ भएको छ ।
यस बर्ष समयमै पानि परेपछि गत बर्षहरु भन्दा यो बर्ष बस्तिको तल्लो भागदेखि माथिल्लो भागसम्मै च्याउँ पाईने गरेको च्याउँ टिप्न गएका सर्वसाधारण बताउँ छन् । गत बर्ष दिनमा ४० देखि ८० दानासम्म पाउँथे यस बर्ष भने ७० देखि २०० दानसम्म ल्याउने गरेको सोरु गाउँपालिका वडा नं. ९ कालैका दानबहादुर शाही बताउँ छन् ।
२० दिन जति जंगलमा च्याउँ टिप्न गएको भयो २ केजि जति भई सक्यो अब ५ केजि जति पुग्न सक्ने बनमा च्याउ ्खोज्छु उनि बताउँ छन ।
मुगुका सोरु र मुगम कार्मारोगं गाउँपालिकका बस्तिहरुमा गुच्चे च्याउँबाट धेरै आम्दानि हुने भएपछि बिध्यार्थि समेत च्याउँ टिप्न भनेर जंगल तिर गएपछि बिध्यालय नियमित संचालन हुन सकेका छैनन् । स्थानिय गाउँमा प्रतिकिलो १० हजार मूल्य निधारर्ण भएपछि प्रति दिनको च्याउाबाटको कमाई चारसयदेखि दुई हजारसम्म कमाई हुने भएपछि आफनो परिवारका ५ जना सबै च्याउँ टिप्नमै ब्यस्त हुने गरेको सोरु गाउँपालिका वडा नं. ८ गिलाहा कि धनदेबि शाही बताउँ छन् ।
जंगलमा च्याउँ टिप्न स्थानिय निकायले शुल्कको कुनै ब्यबस्था नगर्दा घरका फुर्सद भएसम्म सबै जना स्थानियवासि च्याउँ टिप्नमै बयस्त हुने गरेको सोरु गाउँपालिकका अध्यक्ष लोकबहादुर शाही बताउँ छन् ।
मुगुका मुगम कामारोग गाउँपालिका बाहेक जिल्लाका अन्य स्थानिय निकायमा आम्दानिको अन्य श्रोत नहुदा जिल्लाका पिना ,रुम ,गिलाहाँ, धैनकोट,फोतु ,नर्खजी ,हयागंलु, मुर्मा ,डोल्फु,,किर्मी लगाएतका २ दर्जन भन्दा बढि बस्तिका सर्वसाधारण जंगलमा च्याउँ टिप्नकोलागि दिनहु ब्यस्त हुने गरेका छन् ।
स्थानिय स्तरमा प्रति गोटा १० रुपैया पर्ने गुच्छे च्याउँ आम्दानिको राम्रो श्रोत मानिने भएपछि बिहानदेखि बेलुका सम्म च्याउँ टिप्न नास्ता लिएर झोला भरेर जंगलबाट च्याउँ टिपेर स्थानियवासी घर फर्कने गरेका छन् । ्च्याउँको सिजन भएकोले यतिबेला घरकोकामलाई समेत थाति राखेर सर्वसाधारण स्कुले बालक सहित बुढाबुढि सम्मै बन जंगल तिरै ब्यस्त हुने गरेका छन् ।
बिहानदेखि बेलुकि सम्मै बन जंगलमौ कुराकानी गित गाएरै च्याउँ टिप्ने कार्यले मुगुका बन समेत रमणिय र गुजंयमा बनेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।