तदनुसार जुलाई १६ तरिक
श्रावण महिनाको राशीफल
मेष —पारिवारीक कलह बढेर जाने छ, सजावटका समाग्रीमा खर्च बढेर जाने सम्भावना रहेकोछ । साथीभाइको कारण मनमा अनावश्यक चिन्ता आउन सक्छ । ,प्रेमप्रस्ताव आउनुका साथै ,व्यापारमा लाभमिल्ने योग रहेकोछ । ,सामाजिक कार्यबाट असन्तुष्टी हुनेकुराकानी मात्र हुनेछन् । बेलाबेलामा महत्वपुर्ण निर्णयदिनुका साथै अरुको मन सजिलै जित्नुहुने छ भने स्वास्थ्यमा केहि समस्या देखा पर्नेछ । शिक्षाको क्षेत्रमा भने खासै राम्रो हुने छैन् । यो महिनाका लागी शुभ अकं ६, ७, कालो रगं , पश्चिम ,दिशा शुभ ॐ चण्डिकाय नमः मन्त्र जप गर्दा शुभ तथा बस्त्र दान गर्दा राम्रो हुनेछ ।
बृष —परिवारकोलागी धेरैसमय दिनपाइने छैन् । स्वास्थ्यमा केहीसमस्याआउने छ । धार्मिकस्थलको यात्रा गर्न मन लाग्ने छ । स्मरण शक्तिमा कमि आउने छ भने सावारीसाधनबाट होसियारहुनुहोला , शिक्षामा वढि ध्यान दिनुहोला , कृषी ,व्यापारक्षेत्र राम्रो रहेकोछ । खेलकुदमा भने रुची हुनेछ । सामाजिक कार्यमा जश मिल्नेछ । मनमा शंका पनि आउन सक्छ । यो महिनाका लागी शुभ अकं २ , ६ ,हल्का कालो रगं पुर्वदिशा शुभ ॐ क्लीं ॐ मन्त्र जप गर्दा शुभ तथा बुट्टे बस्त्र दान गर्दा राम्रो हुनेछ ।
मिथुन —वैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ, भने कृषि तथा पशुचौपायमा लगाी गर्दा राम्रो हुनेछ । शत्रुहरु सक्रियरहने हुँदा ठुलैसंघर्ष गरेर मात्र कार्यमा सफलता मिल्ने देखिन्छ । धार्मिक कार्यमा मन जाने तथा ,बिनाकारण असन्तोष हुने सम्भावना रहेकोछ । यात्रा गर्दा आर्थिक हानि हुने छ ,अर्काको अधिनमा काम गर्नु पर्नेहँुदा यो महिना भरि झै–झगडा हुन सक्छ । यो महिनाका लागी ,शुभ अकं ४,७, सेतो रगं पश्चिमदिशा शुभ ॐ क्लीं ॐ मन्त्र जप गर्दा शुभ तथा धातु दान गर्दा राम्रो हुनेछ ।
कर्कट —विद्यार्थी तथा पेशाकर्मीका लागी समय उचित रहेको छ । अकस्मात आम्दानिमा बृद्धि आउने छ । निराशा एवं उदासीनता हुन सक्छ । , आत्मबल कमजोर हुने परिस्थिती आउला , साथीभाइ संग होसियार हुनुहोला , स्वास्थ्यमा समस्या देखापर्ने योग रहेकोछ । बेला बेलामा पारिवारिक कलह, हुनेछ । अनावश्यक कार्यमा समय व्यर्थ जाने छ । यो महिनाका लागी शुभ अंग ४ ,५ रंग मिश्रीत शुभ दिशा दक्षिण ॐ ह्रीं ॐ मन्त्र जप गर्दा शुभ तथा कालो बस्त्र दान गर्दा प्रगति हुनेछ ।
सिंह —शैक्षिकक्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुन सक्छ , पारिवारीक कलहले सताउने छ । सन्तान सुख तथा श्रीमान श्रीमति बिचमतभेद हुन सक्छ । । मित्रहरुबाट विश्वासघात हुने छ होसियारीका साथ काम गर्नुहोला, स्वास्थ्यमा सुधार हुँदै जानुका साथै बैदेशिक कार्यमा खासै उपल्बधी हुने छैन् । यो महिनका लागी ,शुभअकं २, सेतो रगं दक्षिण दिशा शुभ ॐ कं्री कं्री कं्री स्वाहः मन्त्र जप एवं हरियो बस्त्र दान गर्दा राम्रो हुनेछ ।
कन्या —मनमा संका आउने काम काज साथीभाइ तथा पाटनरबाट हुने छन् । ,रमाईलो यात्रा गर्नुका साथै परिवारबाटनै अपमान तथा बिरोधहरु आउने हुदाँ सजक रहनु होला । सामाजिक कार्यमा समय खर्च हुने छ तर जश मिल्ने छैन् । ,चोटपटको भय हुने हुँदा सवारीसाधन चलाउदा तथा यात्रा गर्दा ध्यान दिनुहोला, बेला बेलामा साथी भाइसँग विवाद आउने छ । यो महिनाका लागी ,शुभ अकं १ ,५ रातो रगं पुर्व दिशा शुभ ॐ गं गणपतये नमः मन्त्र जप गर्दा राम्रो हुनेछ
तुला— राम्रै काम गर्दा पनि झुट्टा आरोप लाग्ने छ । घरेलु समस्याले सताउने छ भने कुराकाटनेहरु धेरै हुने छन्द । ,यो महिना भरि शैक्षिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ । जिम्मेवारीका कामहरु आउने छन् । परिवारको लागी यात्रा गर्नुपर्ने छ । सरकारी काम काज मिल्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउन सक्छ । यो महिनाका लागी शुभ अकं ५ ,७ , सेतो रगं ,उत्तर दिशा शुभ ॐ शं शक्तये नमः मन्त्र जप गर्दा राम्रो हुनेछ ,भने रातो बस्त्र दान गर्दा प्रगति हुनेछ ।
बृश्चिक —सामाजिक कार्यबाट टाढाहुनु होला खासै प्रगति हुने छैन ्। , अप्रिय घटनाहुने योग रहेको हुँदा धर्मकर्ममा मन लगाउनुहोला , विदेशको यात्रा हुनेछ , दैनिक व्यस्त तर विनाअर्र्थको हुनेछ । आफन्तनै शत्रुहुनेछन् । अधुराकार्य सम्पन्न हुनेछन । , परिवारको चिन्ता लाग्ने छ भने यो महिनाका लागी शुभअकं २,४, सेतो रगं दक्षिण दिशा शुभ ॐ भा्रँः भ्रान्तयै नमः मन्त्र जप तथा रातो बस्तु दान गर्दा राम्रो हुनेछ ।
धनु —सज्जन, इमान्दार व्यक्तिहरुसँग भेटघाट हुने सम्भावना रहेको छ । ,सवारी दुर्घटना हुने हुदाँ धर्मकर्ममा मन लागाउनु होला ,घरपरिवारको लागी धेरै व्यस्त हुनुपर्ने, रुघाखोकिले सताउने हुदाँ शारिरीक आलस्य आउन सक्छ , लाभदायिक यात्रा एवं रोकिएका कामहरु बन्दै जानेछन् ।शिक्षामा खासै रुची हुने छैन् । यो महिनाका लागी शुभअकं १,३, हरियो रगं पुर्वदिशा शुभ तथा मिष्ठान्न भोजन दान गर्दा राम्रो हुनेछ ।
मकर—लेनदेनका कार्यमा बिवाद हुने हुँदा होसियारी तथा कानुनी साहयता लिनुहोला ,तार्किक विचार एवं साहित्य लेखनमा राम्रो रहेको छ । शंका एवं घमण्ड आउने हुँदा कार्यमा नोक्सानी हुनुका साथै जशमिल्ने छैन् । नयाँ ,व्यापार व्यवसायको सुरुवातहुने तथा यात्रा अविस्मरणीय हुने छ । वैदेशिककार्यको सुरुवातहुनेछ । यो महिनाका लागी शुभअकं ३,७ ,सेतोरगं ,पश्चिम दिशा शुभ ॐ भा्रँः भ्रान्तयै नमः मन्त्र जप तथा रातो वस्तु दान गर्दा राम्रो हुनेछ ।
कुम्भ— परिश्रमगरे अनुसारको सफलता मिल्ने छैन्। व्यवसायमा नोक्सानी तथा लगानीमा कमि हुनेछ । ,सन्तानको इच्छा पुरा गर्नुकासाथै अनावश्यक झमेला आइपर्ने छ । यात्रा गर्न मन लाग्ने छैन तर गर्नुपर्नेछ । टाउको तथा पेटको समस्या देखा पर्नेछ । आफ्नै परिश्रमले कामहरु बन्दै जानेछन् । यो महिनाका लागी शुभ अकं ७,९ पहेलो रगं,पुर्वदिशा शुभ ॐ क्लीं ॐ मन्त्र जप गर्दा शुभ तथा बुट्टे बस्त्र दान गर्दा राम्रो हुनेछ ।
मिन – परिबारमा बिवाद तथा मानसम्माना चोट पुग्नेकार्य हुनेछन् । स्वास्थ्यमा समस्या तथा अध्यान अध्यापनमा रुचीआउनेछ । आर्थिक उन्नतीहुनेछ , यात्रामा कठिनाईहुनुका साथै विनाकारण सजायमा पर्नुहोला । बैदेशिक कार्यमा सफलता मिल्नेछ । सामाजिक कार्यमा लाग्दा होसियार हुनुहोला , पे्रमप्रस्ताव आउने तथा दाम्पत्य जिवनमा बिवाद आउन सक्छ । यो महिनाका लागी शुभ अंक ५ ,७ उत्तर दिशा तथा ॐ विश्वरुपाय नमः मन्त्र जप तथा रातो बस्तु दान गर्दा शुभ हुनेछ ।