काठमाडौँ । नेपाल प्रहरीका ४५ जना डिएसपीको एकैपटक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ सरुवा निकालेको हो । जसअनुसार, काठमाडौँ नगर प्रहरीमा सुदिपराज पाठक, बौद्धमा श्यामकुमार राई, स्वयम्भूमा सुधीरराज शाहीको सरुवा भएको छ ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय लमजुङमा यादव ढकाल, मनाङमा खड्गबहादुर खत्री, अर्घाखाँचीमा नवराज मल्ल, , बाजुरामा सागर बोहरा, दार्चुलामा नवराज अधिकारी, बैतडीमा नेत्रमणि गिरि, दोलखामा बासुदेव पाठक, मुस्ताङमा महेन्द्र खड्का, इलाका प्रहरी कार्यालय टिकापुरमा शिवबहादुर सिंह, इप्रका मिर्चैयामा दीपक खड्काको सरुवा भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।