एजेन्सी । पछिल्लो समय केही दिन देखि सामाजिक सञ्जालमा बलिउड अभिनेता अजय देवगनको हेलिकप्टर क्र्यास् भएको समाचार भाईरल बनिरहेको छ । तर यो समाचार झुटो भएको जानकारी गराइएको छ भने अजय देवगन सुरक्षित छन् ।
\
महाबलेश्वको लोकल प्रहरीले अभिनेता अजय देवगनसँग जोडिएको समाचार झुटो रहेको खुलासा गरेका छन् । महाबलेश्वको लोकल प्रहरीले अजय देवगनसँग जोडिएको सो समाचारको खण्डन गर्दै उनले भने, ‘अभिनेतालाई लिएर जुन् म्यासेज ह्वाटस् एमा भाईरल बनिरहेको छ, यो गलत हो । अहिले यस समाचारको बारेमा जाँच गर्न हामी प्रहरी जुटेका छौं । खासमा यो म्यासेज कहाँबाट सुरु भएको हो ।’
त्यस्तै महाबलेश्वर थानाको एक सिनियर अधिकारीले भने, ‘यदि अजय देवगनको हेलिकप्टर दुर्घटना भएको भए हामीलाई पहिले जानकारी गराईन्थ्यो । तर अब यस घटनाको छानबिन भएपछि मात्र सत्य कुरा थाहा हुन्छ ।’
सेलिब्रेटिहरुको झुटो समाचार बलिउडमा मात्र नभएर कलिउडमा पनि विभिन्न तवरले भाईरल बनिरहेको हुन्छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।