काठमाडौँ । ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएका व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरिय अन्तरक्रिया सम्पन्न भएको छ ।
काउन्सिलको नेतृत्वमा नेपाल आएका ९ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलले नेपालमा आफ्नो उत्पादनको विक्रि तथा प्रर्वद्धन गर्न उत्साहित भएको बताएका छन् ।
ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायरहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाडौंको दरबारमार्ग्स्थित अन्नपूर्ण होटलमा नेपाली व्यवसायीहरूसँग आइतबार प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गरेका छन् ।
ताइवानबाट आएका कलरएड टेक्नोलोजि मार्के्टिङ् लिमिटेडका जनरल म्यानेजर जेम्स वानले नेपालमा ताइवानका उत्पादनको बजार विस्तारको सम्भावना प्रचूर रहेको बताएका छन् । उनले नेपाल आएपछि ताइवानको उत्पादनको बजारिकरण गर्न ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिल सकारात्मक रहेको बताए ।
कार्यक्रममा १ सय ४३ भन्दा बढि नेपाली व्यापारी तथा खरिदकर्ता सो अन्तरक्रियामा सहभागिता रहेको नेपालका लागि सम्पर्क व्यक्ति दर्शन न्यौपानेले बताए । उनले प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स तथा सञ्चार प्रविधिका सामान, पीओएस प्रणाली, सेटटप बक्स, सौर्य ऊर्जा सामग्री, लिक्विड लेभल कन्ट्रोलर, कृषिऔजार, फ्लोरिङ तथा फर्नि्सिङ, प्लास्टिक कच्चापदार्थ, हार्डवेयर सामग्री, औजार लगायतका विषयमा छलफल भएको जानकारी दिए ।
न्यौपानेले ताइवानका व्यापारीले दक्षिण एसियामा आफ्नो उत्पादनलाई प्रबद्र्घन गर्ने उदेश्यले नेपाल, भारत र पाकिस्तानमा यस प्रकारको व्यापारिक अन्तरक्रिया गदैँ आएको बताए । उनले यसरी नेपाल आएका ताइवानी व्यापारीले नेपाली व्यापारीसँगको भेटघाटमा यसपटक नौ थरीका विभिन्न उत्पादनको प्रर्वद्धन गरेको जानकारी दिए ।
कार्यक्रममा सहभागिता जनाउन नेपाली उद्योगी तथा व्यवसायीका लागि निःशुल्क रजिष्ट्रेसनको व्यवस्था गरिएको थियो ।
नेपाली व्यवसायीका लागि ताइवानी उत्पादक तथा सप्लायरसँग अन्तरक्रिया कार्यक्रम मार्फत् नेपाल र ताइवानबीच व्यापारिक सम्बन्ध भविष्यमा अझ प्रगाढ र दिगो हुने न्यौपाने जनाए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।