ललितपुर । ललितपुर महानगरपालिका २४ धापाखेलस्थित कल्याण लामाको टहरोमा बस्दै आएका
सिन्धुली झ्याडी घर भएका २४ वर्षीय सुदिप तामाङ र ललितपुर बागमती गाउँपालिका १
आस्राङ बस्ने १९ वर्षीय साजन भुलानलाई नक्कली नेपाली नोट एक हजार दरका ४ सय ५०
थानका जम्मा ४ लाख ५० हजार नक्कली रूपैयाँ सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।